चीनमा पहिलो व्यावसायिक तिब्बती तथा चिनियाँ भाषा अनुवाद सफ्टवेयर
2015-03-18 18:32:38CRI
Share with:

तिब्बत विश्वविद्यालयअन्तर्गत आधुनिक शिक्षा प्रविधि केन्द्रबाट प्राप्त जानकारीअनुसार, चीनमा पहिलो पटक व्यावसायिक तिब्बती तथा चिनियाँ भाषा अनुवाद सफ्टवेयर प्रकाशित गरिने भएको छ। जसबाट सर्वसाधारणलाई निःशुल्क अनुवाद सेवा दिन सकिनेछ।

यो अनुवाद सफ्टवेयर सन् 2012 मा तिब्बत स्वायत प्रदेशको केन्द्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धानको योजनामा निर्माण भएको हो। तिब्बत विश्वविद्यालयका करीब बीस जनाको समूहद्बारा गठित अनुसन्धान टोलीले तीन वर्षको प्रयास र बीस लाख चिनियाँ युआन लगानी गरेर यो अनुवाद सफ्टवेयरको अनुसन्धान गरेको थियो। हाल अनुवादको शुद्धता 75प्रतिशत पुगेको छ।