तिब्बतमा लोपोन्मुख जङ्गली जनावरको संख्या पुनः वृद्धि हुँदै
2015-03-20 18:43:06CRI
Share with:

 तिब्बती वनस्पति व्यूरोको तथ्याकअनुसार, तिब्बतको लगभग बाह्र लाख वर्ग किलोमिटर बराबर क्षेत्रफलमा राष्ट्रिय पहिलो तथा दोस्रो स्तरीय संरक्षित जनावरको संख्या एक सय 25 प्रकार पुगेको छ। त्यसमध्ये करिब एक सय प्रकारका लोपोन्मुख जनावर रहेका छन्। हाल तिब्बतमा विभिन्न लोपोन्मुख जङ्गली जनावरको संख्या पुनः वृद्धि हुँदैआएको छ।

तिब्बतमा व्यापक क्षेत्रफल र प्रशस्त वनस्पति भएकाले विविध प्रकारका जङ्गली जनावरले त्यहाँ जीवन बिताएका छन्। जङ्गली जनावरको संख्या चीनकै तेस्रो स्थानमा परेको छ।

प्राप्त जानकारीअनुसार, अन्तर्राष्ट्रिय बजारमा तिब्बती हरिणको छालाको बजारभाउ महंगो भएका हुनाले गत शताब्दीको 80को दशकसम्म तिब्बती हरिण लोप भएर यसको संख्या पहिलाको दुई लाखबाट घटेर बीस हजारमा झरेको थियो। तिब्बती हरिण अन्तर्राष्ट्रिय लोपोन्मुख जनावरमा पर्दछ। त्यसपछि चीन सरकारले तिब्बती हरिणको मुख्य बसोबास क्षेत्रमा चार राष्ट्रिय प्राकृतिक सुरक्षा क्षेत्रको स्थापना गरेर तिब्बती हरिणको संख्या क्रमशः बढ्दैआएको छ। प्रारम्भिक तथ्याङ्कका अनुसार हाल तिब्बतमा तिब्बती हरिणको संख्या करिब 1 लाख80 हजार पुगेको छ।

जङ्गली जनावरलाई अझ राम्रो वसोवास क्षेत्र दिनका लागि तिब्बती वनस्पति प्रणालीले वनस्पति, जङ्गली जनावर, सिमसारलगायत 61 प्राकृतिक सुरक्षा क्षेत्रको स्थापना गरेको छ।