तिब्बतको रकम व्यवस्थापन तथा लगानी संस्था क्रमशः सुव्यवस्थित बन्दै
2015-03-20 18:43:37CRI
Share with:

तिब्बतको आर्थिक तथा सामाजिक विकासमा बाह्रौं पञ्च वर्षीय योजना सुरु भएदेखि यता प्रभावकारी तथा विशेष प्रगति हासिल भएको देखिएको छ। सारा क्षेत्रको जीडीपी अर्थात् कूल गार्हस्थ उत्पादन मात्रा सन्2010को अन्तको पचास अर्ब चौहत्तर करोड साठी लाखबाट सन्2013को अन्तको बयान्नव्बे अर्ब पचास करोड चिनियाँ युआनले बढेको छ। सो उपलब्धि बहुबाटो,बहुशैलीको रकम संकलन तथा लगानी संस्थासित घनिष्ट रुपमा सम्बन्धित छ। गत वर्ष तिब्बतको कूल सामाजिक अचल सम्पत्ति एक खर्ब एघार अर्ब सन्तान्नव्बे करोड चिनियाँ युआन बराबर थियो भने सन्2013को तुलनामा 21.9प्रतिशतले बढेको थियो।

हाल केही वर्षयता तिब्बतले लगातार रकमको जोहो तथा लगानी संस्थाको सुव्यवस्थापन गर्दै आएको देखिन्छ। साथै तिब्बतले निरन्तर रुपमा आर्थिक सहयोगलाई प्रवर्द्धन गरिरहेको छ। लगानी भित्र्याएसँगै लाभान्वित भएर नागरिक पुँजी प्रयोग क्षमता बलियो बनाइएको छ। यस वर्ष तिब्बतले सरकारी तथा नागरिक लगानीलाई सक्रिय बनाएर नागरिक पुँजीलाई सामाजिक आधारभूत सार्वजनिक सेवा तथा महत्वपूर्ण आधारभूत प्रबन्धको निर्माण आदि क्षेत्रमा भित्र्याउन निर्देशन गर्दै जाने छ।