तिब्बतबारेको यु चङ्ग शङ्गको भनाइ
2015-03-27 20:11:08CRI
Share with:

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत राजनीतिक ब्यूरोका स्थायी सदस्य एवम् चिनियाँ जन राजनीतिक परामर्श दात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्गले हालै स छ्वान प्रान्तको आ बा तिब्बती जातीय तथा छ्याङ्ग जातीय स्वायत राज्यको निरीक्षण गर्नुभयो। सो अवसरमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन तथा अठारौँ केन्द्रीय समितिको तेस्रो तथा चौथो पूर्ण बैठक र राष्ट्रिय दुइवटा अधिवेशनको भावनालाई गहिरोरुपमा सिक्नुपर्ने तथा स छ्वान प्रान्तको तिब्बती क्षेत्रको कार्यबारेको महासचिव सी चिन फिङ्गको महत्वपूर्ण निर्देशनलाई व्यवहार उतार्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले राष्ट्राध्यक्ष सीले व्यक्त गर्नु भएको "चार वटा पूर्ण राजनैतिक कार्यनीति" को रणनैतिक बन्दोबस्त, " दीर्घकालीन तिब्बतको विकास गर्ने" विचार अडिगरुपमा बोक्नुपर्ने बताउनुभयो। विकास, मानिसको जीवन तथा स्थिरता कायम राख्ने कार्य, जातिय मेलमिलाप, धार्मिक मेलमिलापको प्रबर्द्धन, आर्थिक समाजको सकारात्मक विकास र तिब्बती जातीय बसोबास क्षेत्रको दीर्घकालिन समृद्धि र स्थिरताको संरक्षण गर्नुपर्ने कुरा पनि यु चङ शङ्गले उल्लेख गर्नुभयो।