परम्परागत तिब्बती चिकित्साको उत्तराधिकारीको संरक्षण र विकास
2015-03-28 16:29:56CRI
Share with:

      पवित्र हिमालय, जीवित बुद्धको पुनर्जन्म र सुन्दर पोतला दरबार तिब्बतका पुराना र रहस्यमय विशेषता भएका सम्पत्ति हुन्। हजारौँ वर्षदेखि तिब्बती चिकित्सा र तिब्बती औषधी पनि तिब्बत जस्तै रहस्यमय छन्। पुराना तिब्बती चिकित्साको पुस्तान्तरण विधि के छ?चीन सरकारले तिब्बती चिकित्सा संस्कृतिकको संरक्षण गर्नका लागि केके प्रयास गरेको छ? तिब्बती चिकित्सा विकासमा देखा परेको अवसर र चुनौति के हुन्?यस सम्बन्धी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकारको एउटा रिपोर्ट सुनौँ।

      तिब्बती जातीय युवा वाङ च्या 24 वर्षका भए। उनी विहान 6 बजेदेखि उठेर पढ्न थालेका छन्। तिब्बतको तिब्बती चिकित्सा विद्यालयका एक जना विद्यार्थीको हैसियतले उनले हरेक दिन चिकित्सा किताव दोहोर्‍याएर 5 अथवा 6 घण्टा पढ्छन्। डाक्टर बन्ने उनले सपना साँचेका छन्। यस्तै परिश्रम गरेर पढ्दै जाँदा डाक्टर बन्नमा कुनै कठीनाइ नहुने उनले सोचेका छन्।

    "मेरो जम्मस्थल अलि हो। त्यो क्षेत्र धेरै टाढा र गरिब छ, त्यसैले चिकित्सा सेवा राम्रो छैन र डाक्टर पनि कम छन्। भविष्यमा एकजना डाक्टर बन्ने मेरो आशा हो, त्यसैले तिब्बत जातीय ग्रामिण क्षेत्रमा सेवा गर्नका लागि म तिब्बती चिकित्सा विषय छानेको छु।"

      यो विद्यालय चीनमा एउटा मात्र तिब्बती चिकित्सा मुख्य विषय भएको विद्यालय हो र जम्मा 1 हजार 1 सय 47 जना विद्यार्थीले तिब्बती चिकित्सा मुख्य विषय पढिरहेका छन्। विद्यालयका प्रधानाध्यापक नीमा चिरनले भन्नुभयो-

    "हाम्रो विद्यालयमा अहिलेसम्म जम्मा 5 जना गैर-भौतिक सांस्कृतिक सम्पदाकर्ता छन्। तिब्बती चिकित्साको इतिहास लामो छ। अहिलेसम्म यसको समय 3 हजार 8 सय वर्ष भएको छ। प्रथम,सांस्कृतिक उत्तराधिकार निर्माण गर्नुपर्दछ। दोस्रो सिद्बान्त र प्रणाली विशेष गरी विशेषज्ञको प्रविधि र अनुभव आदि क्षेत्रको उत्तराधिकारी पनि बनाउनुपर्दछ, त्यो पनि महत्वपूर्ण छ। त्यसैले हाम्रो विद्यालयले विशेषज्ञको प्रविधि अनुभव उत्तराधिकारको निर्माण गर्नुका साथै लोक क्षेत्रका तिब्बती डाक्टरलाई हाम्रो विद्यालयमा सिकाउनका लागि निमन्त्रणा गरेको छ। भविष्यमा राम्रो शिक्षक-शिक्षिका र स्नातकोत्तर माथि ल्याउने कुरामा हामी आशावादी छौँ।"

      तिब्बती चिकित्सा, परम्परागत चिनियाँ चिकित्सा प्रणाली, पुरानो भारतीय चिकित्सा प्रणाली र पुरानो अरबी चिकित्सा प्रणाली विश्वका 4 वटा सबभन्दा पुराना र परम्परागत चिकित्सा प्रणाली हुन्। नीमा चिरनले अगाडि भन्नुहुन्छ-

     "तिब्बती चिकित्सा शास्त्र विद्यालयको स्थापना, मुख्य विषयको स्थापना र प्रतिभाशाली व्यक्ति माथि ल्याउन लागायतका धेरै क्षेत्रमा हाम्रो राष्ट्रले विशेष नीति बनाउनुका साथै तिब्बत स्वायत्त प्रदेश सरकारले पनि उच्च रुपमा महत्व दिएको छ। विद्यालयको आधारभूत स्थापना, परियोजनाको लगानी र अध्ययनको विकास लगायगका धेरै पक्षमा पनि यसले सहयोग र समर्थन दिँदै आएको छ।"

      तिब्बतका तिब्बती विद्यालयहरु तिब्बत स्वायत्त प्रदेशमा तिब्बती चिकित्सा संस्कृतिको संरक्षण गर्ने उदाहरण हुन्। सन् 2006 मा तिब्बती चिकित्सालाई चिनियाँ राष्ट्रिय प्रथम गैरभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सूचिमा राखिएको छ। केही वर्षदेखि तिब्बत स्वायत्त प्रदेश सरकारले श्रृखंलाबद्ध संरक्षण र उत्तराधिकारी निर्माण गर्ने कदम चालेपछि निरन्तर रुपमा तिब्बती चिकित्साको विकास गर्न समर्थन दिइरहेको छ। तिब्बती चिकित्सा, शिक्षा, अध्ययम र व्यवसाय आदि क्षेत्रमा ठूलो प्रगति हासिल गरेको छ। तथ्याङ्क अनुसार सन् 2013 सम्म तिब्बतको सारा क्षेत्रमा सरकारी तिब्बती चिकित्सा संस्थाको संख्या 30 वटा छन्। तिब्बती चिकित्सा शास्त्र पढ्ने विद्यार्थीहरुको संख्या 2 हजार 2 सय 32 जना छन्। तिब्बती चिकित्सा द्रुत गतिले विकास हुँदै अझै बढी रोगीहरुलाई यसले सेवा प्रदान गरिरहेको छ।