तिब्बतका विभिन्न सामाजिक बीमाको मापदण्ड सारा देशको औसत स्तरभन्दा माथि
2015-04-14 18:42:23CRI
Share with:

सन्2014मा तिब्बतका पाँच ठूला सामाजिक बीमा सम्बन्धित विविध मापदण्ड नयाँ उचाइमा स्थापना गरिएकोमा सारा देशको औसत स्तरभन्दा माथि रहेको पाइएको छ। जसबाट खास तथा प्रभावकारी रुपमा तिब्बतमा बस्ने विभिन्न जातीय जनताको उत्पादन तथा जीवनस्तरको प्रत्याभूति दिन सहज भएको छ।

तिब्बत स्वायत्त प्रदेशको मानव संसाधन तथा सामाजिक प्रत्याभूति व्युरोका प्रमुख मा स्याङ्ग छुनले जनाउनुभएअनुसार सन्2014 तिब्बतका विभिन्न सामाजिक बीमास्तर स्थिर रुपमा बढेका थिए। व्यवसायबाट सेवानिवृत्त जनताका लागि आधारभूत वृद्ध बीमा औसत ‌प्रतिमहिना प्रतिव्यक्तिको तेत्तीस सय अठतीस चिनियाँ युआन पुगेको छ। यो अंक सारा देशको ‌औसत स्तरभन्दा 66प्रतिशतले बढी हो। शहरबस्तीका बासिन्दाको आधारभूत चिकित्सा बीमामा सरकारद्बारा दिएको अनुदान औसत प्रतिवर्ष प्रतिव्यक्तिको 340 चिनियाँ युआन पुगेको छ।

जनाइएअनुसार हाल तिब्बतमा ग्रामीण क्षेत्र सामाजिक निवृत्तिभरण, शहरबस्ती बासिन्दा आधारभूत चिकित्सा, वेरोजगार, कामका क्रममा घाइते, प्रसूति गरी पाँच ठूला बीमा सम्बन्धी आठ किसिमका बीमाबाट गठित नयाँ शैलीको सामाजिक बीमा प्रणाली स्थापित भयो।