श्वेत पत्रबाट 14औं दलाइ समूहको षडयन्त्रको भण्डाफोर
2015-04-15 18:51:00CRI
Share with:

15 तारिख चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयले "तिब्बती विकास मार्गको ऐतिहासिक छनौट" शीर्षक श्वेत पत्र प्रकाशित गरेको छ। तिब्बतले जातीय क्षेत्रीय स्वशासन छान्ने ऐतिहासिक आवश्यकतालाई श्वेतपत्रमा व्याख्या गर्नुका साथै 14औं दलाइ समूहका षडयन्त्र र झूठहरुलाई भण्डाफोर गरेको उक्त श्वेतपत्रका लेखकहरुमध्ये एक तिब्बती सामाजिक विज्ञान विद्यालयका उपप्रमुख छ मिङ्ग ह्वाइले व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, हिंसा र सशस्त्र स्वभावको ढाकछोप गर्नका लागि 14औं दलाइ समूहले तथाकथित मध्य मार्गको नारा फैलाउँदै शान्ति, गैर-हिंसा लगायत फेशनेबल शब्दद्बारा आफूलाई देखावटी राम्रो तुल्याउन खोजिरहेको छ। जसले परोपकारीको झुटो छाप बनाएर अन्तर्राष्ट्रिय समाजको सहानुभूति र समर्थन लिन खोजेको छ। तर वास्तवमा यो समूहले सशस्त्र विद्रोहको योजना गरी, तिब्बती जातीय क्षेत्रमा सर्वसाधारणलाई आत्मदाह र भयकर "3.14"हिंसात्मक घटनाका लागि उक्साएको थियो। जसबाट विभिन्न जातीय सर्वसाधारणको शारीरिक तथा मनोवैज्ञानिक क्षति पुर्‍याइएको छ।

यद्यपि दलाइ समूहले कस्तै दुष्प्रयास गरे तापनि केन्द्रिय सरकारले उसलाई तिब्बतको स्वतन्त्र अडान छोडेर पृथकतावादी गतिविधि त्याग्दै देश र तिब्बतका लागि साँच्चिकै फाइदाजनक कुरा गर्ने आशा गरेको लेखक छले बताउनुभयो।