राष्ट्रिय जन काँग्रेसअन्तर्गत तिब्बती प्रतिनिधि मण्डलद्वारा ब्राजिलको भ्रमण
2015-04-16 18:15:59CRI
Share with:

 राष्ट्रिय जन काँग्रेसअन्तर्गत तिब्बती स्वायत्त प्रदेश स्थायी समितिका उपप्रमुख सिङ्त्सा तेन्जिनछोड्राकको नेतृत्वमा जन काँग्रेसको तिब्बती प्रतिनिधि मण्डलले यसै अप्रिल12देखि 15तारिखसम्म ब्राजिलको भ्रमण गरेको छ। भ्रमणमा तिब्बती प्रतिनिधि मण्डलले ब्राजिलका साँसद,कूटनीतिक पदाधिकारी,विज्ञान,चिनियाँ मूलका विदेशी तथा चिनियाँ प्रवासीसँग आदानप्रदान गर्दै आफ्ना वास्तविक अनुभवबाट तिब्बतको दर्जनौं वर्षको ठूलो परिवर्तनबारे जानकारी दिएको थियो।

तिब्बती प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्नुभएका ब्राजिली सहायक उप परराष्ट्र मन्त्री फ्रान्सिस्को माउरोले वर्तमान ब्राजिल तथा चीनबीचको सम्बन्ध चौतर्फी रणनीतिक सम्बन्धमा उभिएको भन्दै तिब्बत चीनको एक अविच्छिन्न अङ्ग भएको कुरामा ब्राजिल सरकारको अडान दोहोर्‍याउनुभयो।