चिनियाँ सहयोग जारी रहने
2015-05-12 10:22:39CRI
Share with:

 बेइजिङ - नेपालमा महाभूकम्पले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै चीनले सहयोगलाई विस्तार गर्ने बताएको छ। बैशाख 24 गते बिहीबार बेइजिङस्थित नेपाली दूताबासमा पुगेका चिनियाँ राष्ट्रिय चिनियाँ सहयोग जारी रहनेजनकंग्रेसका उपाध्यक्ष सियाङ पा फिङ छुवोले उक्त विचार व्यक गरेका हुन्। उनले नेपालको भूकम्पमा मृत्यु भएका नागरिकको स्मृतिमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन्। बिहीबारै बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको चीनको वाणिज्य मन्त्रालयका उपप्रमुख छेन ख मिङ्गले नेपालमा भूकम्पको उद्दारको पहिलो चरणको कार्यपछि पनि अन्य सहयोग जारी राख्ने बताएका छन्। उनले नेपालमा भूकम्प गएपछि अन्तर्राष्ट्रिय सहयोग गर्ने मुलुकमध्ये चीन पहिलो समूहमा रहेको बताए। चीनले नेपाललाई अहिलेसम्म दुई चरणको आकस्मिक मानवीय सहयोग उपलब्ध गराइसकेको बताउँदै अब थप सहयोग पनि जारी राख्ने उपप्रमुख छेनले बताए।

        नेपालको भूकम्पप्रति सहयोग संकलन गर्नका लागि नेपाली दूताबासले खाता खोलेको र त्यसमा हालसम्म 25 लाख युआन अर्थात चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको दूताबासका काउन्सिलर रामप्रसाद सुवेदीले बताए। सुवेदीका अनुसार नेपालमा लगानी गरिरहेको चाइना गुजेवा कम्पनीले 12 लाख 38 हजार 220 युआन अर्थात दुई करोड रुपैयाँभन्दा बढी सहयोग प्रदान गरेको छ भने इट्मा नामक एउटा ट्राभल्स कम्पनीले एक लाख युआन अर्थात 16 लाख 30 हजार रुपैयाँ

चिनियाँ सहयोग जारी रहने

जम्मा गरेको छ। चीनको फुचियान प्रान्तमा रहेको हेरेन च्यारिटी फाउन्डेसनले दूताबासलाई एक करोड युआन अर्थात् 16 करोड 30 लाख रुपैयाँ दिने प्रतिवद्धता स्वरुप डमी चेक हस्तान्तरण गरिसकेको र केही दिनमै दूताबासको खातामा पैसा जम्मा हुने काउन्सिलर सुवेदीले बताए। यो रकम पनि जम्मा हुँदा दूताबासले भूकम्प सहयोगमा खोलेको खातामा 20 करोड रुपैयाँभन्दा बढि जम्मा हुनेछ। हेरेन च्यारिटी फाउन्डेसन चीनकै सबैभन्दा ठूलो सामाजिक सेवामा सहयोग गर्ने संस्था हो।

        पहिलो चरणमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले संकलन गरेको 47 हजार युआन अर्थात् साढे सात लाख रुपैयाँभन्दा बढी रकम नेपाली दूताबासको खातामा जम्मा भएको थियो। त्यसपछि चीनका विभिन्न विश्वविद्यालयमा अध्यययन गर्ने नेपाली विद्यार्थीहरुले संकलन गरेको नगद दिनहुँ नेपाली दूताबासमा जम्मा भइरहेको छ। त्यसैगरी विभिन्न व्यवसाय गरिरहेका चिनियाँहरुले नेपाली दूताबासमा गएर दैनिक जसो सहयोग हस्तान्तर गरिरहेका छन्।

        चीनको केन्द्रीय सरकारबाहेक विभिन्न प्रान्तहरुले पनि नेपाललाई सहयोग गर्ने घोषणा गरिसकेका छन्। अहिलेसम्म युन्नान प्रान्त र तिब्बतले जनही पचास लाख युआन अर्थात् साढे आठ करोड रुपैयाँको सहयोग गर्ने घोषणा गरेको दूताबासका काउन्सिलर सुवेदी बताउँछन्। ती प्रान्तले दूताबासको खातामा नगद जम्मा गर्ने अथवा लजिस्टिक सपोर्ट के गर्ने भन्ने चाहिँ खुलिनसकेको सुवेदीको भनाइ छ।

        भूकम्पपछि चिनियाँ उद्दारकर्ताले नेपालमा गरेको उद्दार कार्य, प्रयोग गरेको अत्याधुनिक प्रविधि, सक्रियता र सहयोगलाई नेपालीले गरेको प्रशंसाबाट चीन नेपाललाई सहयोग गर्न थप उत्साही भएको छ। पहिलो चरणको सहयोगपछि चीन नेपालमा भूकम्पबाट ध्वस्त भएका संरचनालाई पुन निर्माण गर्नका लागि सक्रिय भएको छ। विशेषत चीन भूकम्पमा बिग्रिएको स्वास्थ्य सेवालाई पुनर्जीवन दिन तयार छ। यसैको कारण हो कोदारी राजमार्ग खुलाउनमा चीनले देखाएको तत्परता। यो सडक मार्गबाट अस्पतालमा प्रयोग हुने गर्‍हुङ्गा वस्तुहरु नेपालमा पठाउने चाहना चीनले राखेको छ।

         त्यसो त विभिन्न चिनियाँ सामाजिक सञ्जाल प्रयोग गरेर चिनियाँहरुले नेपालका भूकम्प पीडितका लागि 70 लाख अमेरिकी डलर अर्थात 70 करोड रुपैयाँभन्दा बढी सङ्कलन गरिसकेको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। त्यो रकम चिनियाँहरुले आफ्नै तरिकाले अथवा सरकारी माध्यमबाट नेपाल पठाउने हुन् त्यसमा चिनियाँ नागरिककै इच्छा रहेको चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के बताउँछन्। राजदूत मास्केका अनुसार चीन सरकारसँग नेपालको तर्फबाट 2 लाख त्रिपाल र अन्य आवश्यक वस्तुको माग गरिएको छ र नेपालको मागप्रति चीन सकारात्मक रहेको छ। यही विषयमा आज शुक्रबार चीनको वाणिज्य मन्त्रालयमा छलफलका लागि आफू जाँदै गरेको काउन्सिलर सुवेदीले बताए।

         साभारः कान्तिपुर दैनिक। 2072 बैशाख 25 गते (2015 मे 8) शुक्रबार।