चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड
2015-05-20 09:20:44CRI
Share with:

बेइजिङ, जेष्ठ 3 - नेपालका भूकम्पपीडितका लागि चीनमा अध्ययनरत नेपाली विद्यार्थीको सक्रियतामा 1 करोड 50 लाख रुपैयाँभन्दा बढी नगद संकलन भएको छ। नेपाली दूतावासको भूकम्पपीडित राहत खातामा उक्त रकम जम्मा भएका हो। चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पहलमा उक्त रकम संकलन भएको हो।

चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड

शुक्रबारसम्म मुख्य–मुख्य विश्वविद्यालयका विद्यार्थीबाट समूहगत रूपमा 7 लाख 84 हजार चिनियाँ युआन अर्थात् एक करोड 28 लाख 77 हजार रुपैयाँभन्दा बढी नगद जम्मा भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। उक्त रकम दूतावासमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत तथा कोषमा जम्मा हुनेछ। अन्य चिनियाँ र नेपाली विद्यार्थी तथा प्राध्यापकहरूले छुट्टाछट्टै रूपमा समेत दूतावासको खातामा सहयोग जम्मा गरेका छन्।

चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड

 केही विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले थप रकम जम्मा गर्ने अभियान चलाएका छन्। केही दिनमा त्यो रकमसहित नेपाल पठाउने दूतावासका तृतीय सचिव उत्तम घिमिरेले बताए। घिमिरेका अनुसार जम्मा भएको रकममध्ये 4 करोड रुपैयाँ अघिल्लो शुक्रबार प्रधानमन्त्री राहत कोषमा पठाइसकिएको छ भने अब बाँकी 9 लाख 16 हजार 6 सय 71 चिनियाँ युआन अर्थात् एक करोड 51 लाख रुपैयाँभन्दा बढी रकम आगामी सोमबार पठाउने तयारी छ।

कतिपय विश्वविद्यालयमा अध्ययनरत चिनियाँ विद्यार्थीले सामाजिक सन्जाल विच्याटमा समूह बनाएर नेपालका भूकम्पपीडितलाई सहयोग गर्न आह्वान गर्दै आएका छन्। चीनले नेपाललाई घनिष्ट छिमेकी मुलुक मानेको र चिनियाँको हृदयमा नेपालीहरूको माया र सद्भाव उच्च रहेकाले चिनियाँ विद्यार्थी तथा प्राध्यापकहरूले स्वत:स्फूर्त रूपमा सहयोग संकलन गरेको बेइजिङस्थित छिंग्ह्वा विश्वविद्यालयमा अध्ययनरत रूपक सापकोटाले बताए।

चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड

चीनका विभिन्न 25 भन्दा बढी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले व्यापक प्रचारप्रसार गरी नगद सहयोग संकलन गरेका हुन्। अहिलेसम्ममा सबैभन्दा बढी छोङचिङ मेडिकल विश्वविद्यालयबाट 26 लाख रुपैयाँभन्दा बढी रकम खातामा जम्मा भएको छ भने याङचेबाट 22 लाख 50 हजार, तीनघाँटीबाट 13 लाख 88 हजार, नानचिङ एरोनोटिक्स तथा अन्तरिक्षबाट 11 लाख 24 हजार, चिलिन मेडिकलबाट 9 लाख 25 हजार, सान्तोङबाट 8 लाख 51 हजार, खुन्मिङ मेडिकल विश्वविद्यालयबाट 6 लाख 35 हजार र क्वांग्सी मेडिकलबाट 4 लाख 57 हजार रुपैयाँ दूतावासको खातामा जम्मा भएको छ।

चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड

नेपाली विद्यार्थीहरूले आफू अध्ययनरत विश्वविद्यालयमा भूकम्पका मृतकहरूको सम्झनामा मैनबत्ती बाल्ने, मौनधारण गर्ने, समवेदना पुस्तिकामा हस्ताक्षरलगायत क्रियाकलाप सञ्चालन गरेका छन्। नगद सहयोगबाहेक चिनियाँहरूले संकलन गरेको पाल, ब्ल्यांकेट, मास्क, पन्जा, विभिन्न औषधिलगायतका सामान पठाउन नेपाली दूतावासले विभिन्न चिनियाँ हवाई कम्पनीहरूलाई अनुरोध गरेर संयोजन गरिरहेको तृतीय सचिव घिमिरेले बताए।

चिनियाँ हवाई कम्पनीहरूले पनि नेपाल लगिने राहत पुर्‍याउन सहयोग गर्दै आएका छन्। नेपाली विद्यार्थीको सक्रियताबाहेक विभिन्न चिनियाँ कम्पनीले नेपाली दूतावासमा गएर सहयोग गर्न क्रम जारी छ। वैशाख 31 गते बिहीबार चीनको वु हान हुचियान कम्पनीले 60 हजार चिनियाँ युआन अर्थात् 9 लाख 85 हजार रुपैयाँ जम्मा गरेको छ। यो कम्पनीले नेपाल प्रहरी तथा नेपाली सेनालाई बन्दोबस्तीका सामग्री आपूर्ति गर्दै आएको छ।

चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड

त्यसैगरी बोआवो मञ्चको सचिवालयले दूतावासको खातामा 50 हजार चिनियाँ युआन अर्थात् 8 लाख 20 हजार रुपैयाँ जम्मा गरेको छ। दुई साताअघि नेपाली दूतावासमा आएर एक करोड युआन अर्थात् 16 करोड 40 लाख रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाएको हेरेन च्यारिटीले अहिलेसम्म दूतावासको खातामा पैसा जम्मा गरेको छैन। उक्त संस्थाले दूतावासमा आएर उक्त रकम बराबरको डमी चेक हस्तान्तरण गरेको थियो।

चीनमा पढ्ने विद्यार्थीले जुटाए डेढ करोड
साभारः कान्तिपुर दैनिक। 2072 जेठ 3 गते (2015 मे 17) आइतबार