क्तिब्बत प्राकृतिक संरक्षण क्षेत्रमा चीनको पहिलो स्थानमा
2015-05-23 18:58:51CRI
Share with:

        हिजो मे बाइस तारिख अन्तर्राष्ट्रिय जैविक विविधता दिवस हो। प्राप्त तथ्याङ्क अनुसार, तिब्बतमा 47 वटा विभिन्न किसिमका प्राकृतिक संरक्षण क्षेत्र स्थापित भएका छन् तीमध्ये नौ वटा राष्ट्रिय स्तरीय र चौधवटा स्वायत्त प्रदेशीय स्तरीय छन्। त्यस्ता प्राकृतिक संरक्षण क्षेत्रको कूल क्षेत्रफल चार करोड दश लाख हेक्टर रहेको छ र राष्ट्रिय प्राकृतिक संरक्षण क्षेत्रफलको एक तिहाई पुगेको छ। यस हिसाबले तिब्बत चीनको पहिलो स्थानमा रहेको छ।

         केही वर्षदेखि तिब्बतले प्राकृतिक संरक्षण क्षेत्र निर्माण गर्ने, प्राकृतिक वनको संरक्षण गर्ने, खेतीपाति क्षेत्र हटाएर वनजंगल बढाउने, पशुपालन क्षेत्र हटाएर घाँसेमैदान बढाउने आदि पर्यावरणीय परियोजना संचालन गरी पर्यावरण संरक्षणसम्बन्धी ठूलो उपलब्धि हासिल गरेको छ। हालै भएको तिब्बतको दोस्रो वन स्रोत अध्ययनका अनुसार, वनस्पतिको क्षेत्रफल, वनको मात्रा, वनले ढाकेको लगायत पाँच मुख्य सूचकांक सन् 2002 को भन्दा धेरै बढेको छ।