तिब्बतमा राजमार्ग सञ्जालको तीब्र विकास
2015-07-13 19:17:59CRI
Share with:

          तिब्बती गुङगारा पहाड गुरुङ र याच्याङथ पूल पूर्ण रुपमा संचालन भएपछि हाल तिब्बतको महत्वपूर्ण परिवाहन परियोजना ल्हासा-लिन्ची उच्च गुणस्तरीय राजमार्गको रुपमा निर्माण भइसकेको छ र यही जुलाइ महिनाको अन्तमा संचालन हुने अनुमान गरिएको छ। विभिन्न मुख्य यातायात मार्ग संचालन हुँदा तिब्बती राजमार्गको यातायात सञ्जाल पनि विस्तार भइरहेको छ र स्थानीय सर्वसाधारणको यातायात र आर्थिक तथा सामाजिक विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

           प्राप्त जानकारीअनुसार, गत वर्षको अन्तसम्म तिब्बतमा संचालनमा आएको राजमार्गको दूरि 75 हजार किलोमिटर पुगेको छ। आधा शताब्दीयता छिङ हाइ-तिब्बत र स छ्वान-तिब्बत राजमार्ग संचालन भएपछि तिब्बतमा राजमार्ग नभएको इतिहासको अन्त्य गरिएको छ र तिब्बत र मातृभूमिको भित्री भूमिबीचको सम्पर्क र आर्थिक आदान-प्रदानको लागि सन्जाल स्थापित भएको छ।