गाउँको विकासमा जीवन अर्पने व्यक्ति-1
2015-07-18 10:33:34CRI
Share with:

 गाउँको विकासमा जीवन अर्पने व्यक्ति-1

      पहाडबाट निस्केको बच्चा बोलको गीत तपाईंले सुन्नुभयो। गीतमा लेखिएको सोनाम द्धुन्ड्रुपको कथा हो। उहाँ पालागचुङ पर्यावरणीय पर्यटन कम्पनीका प्रबन्धक हुनुहुन्छ। तर धेरै मानिसले उहाँलाई चिन्ने कारण भनेको उहाँले आफ्नो पूरै कमाइ लगानी गरेर ठाडो भीरमा "आकाशे बाटो" निर्माण गर्नुभयो जसबाट स्थानीय पर्यटन उद्योगको विकास भएर संमृद्ध बनेको छ।

      सोनाम द्धुन्ड्रुप तिब्बती जातीय हुनुहुन्छ। पचास वर्षीय उमेरका सोनामको जन्म युन नान प्रान्तको शिन्गरिला जिल्लाको पाला गाउँमा भएको हो। सयौँ वर्षयता ठाडो भीरमा पर्ने एक मिटर चौडाइ पनि नभएको गल्ली नै उक्त गाउँ र बाह्य क्षेत्रबीचको एक मात्रै सम्पर्क बाटो थियो। गाउँबाट जिल्लासम्म पुग्नका लागि पैदल यात्रामा कम्तिमा तीन दिन लाग्थ्यो। बाटो र विजुली नभएको कारणले गाउँका बासिन्दाको संख्या साठ्ठीबाट घटेर चौध पुगेको थियो।

      सानो हुँदा हामीले पसल हेरेको थिएनौँ, बाटो पनि थिएन। मलगायत यहाँका सर्वसाधारणका लागि, रोग लागेमा मृत्यु पर्खनुको अर्को विकल्प थिएन।

गाउँको विकासमा जीवन अर्पने व्यक्ति-1

       नौ वर्षको उमेरमा सोनाम द्धुन्ड्रुप पहिलो पटक बुवासँग शिन्गरिला जिल्ला पुग्नुभएको थियो। पहाडबाट पहिलोपटक निस्कनुभएका उहाँले पहिलो पटक गाडी देख्नु भएको थियो। त्यो समयदेखि गाउँका साथीलाई बाहिरको संसार पनि देखाउने उहाँको आशा बन्न थाल्यो।

       सानैदेखि मैले सोच्न थालेँ कहिले गाउँमा गाडी चढ्न पाइन्छ। यो त मेरो सपना थियो, मेरा गाउँका बासिन्दालाई बाह्य संसार देख्न सक्ने बनाउने सपना। त्यसैले यो राजमार्गका लागि मैले जीवनभरि प्रयास गरेको छु।

        तेह्र वर्षको उमेर हुँदा सोनाम द्धुन्ड्रुपले बाहिर काम गर्ने निर्णय गर्नुभयो। दशौँ वर्षयता उहाँले धेरै शहरमा काम गर्नुभयो। व्यापार गरी सफलता र विफलता पनि पाउनुभयो अनि अहिले केही करोड चिनियाँ युआनको धन कमाउनुभयो। पैसा कमाए पनि उहाँले आफ्नो सपना भुल्नु भएको थिएन। सन् 1999 मा धेरै वर्षसम्म बचाउनुभएको धन लिएर सोनाम द्धुन्ड्रुप घर फर्कनुभयो र बाटो निर्माण गर्न थाल्नुभयो। उक्त पैँतीस किलोमिटर आकाशे बाटोबाट पाला गाउँका गाउँलेलाई पहाड बाहिरको संसार देख्ने अवसर दिएको छ। अनि पाला गाउँमा पर्ने पालागचुङ उपत्यका चर्चित राष्ट्रिय पार्क बनेको छ। सो बाटोको निर्माणले गाउँलाई पनि विकासित बनाएको छ।  

       यो मेरो जन्मथलो हो। बाहिर व्यापार गर्दा नाफा घाटा भएमा घर सम्झन्छु। खुशी भएमा घर सम्झन्छु र दुःखी भएमा पनि घर सम्झन्छु। यो त पहाडले मलाई लिएको विशेष अनि अरुले लिननसकेको अनुभव होला।

      सोनाम द्धुन्ड्रुपको जन्मथलो अर्थात् पालागचुङ उपत्यका शिन्ग्रिला जिल्लाको निसी गाउँमा पर्दछ। त्यहाँ उपत्यका, नदी, हिमाली पहाड, घाँस मैदान, ताल, विविध तिब्बती परम्परागत सँस्कृति रहेका छन्। जसले तिब्बती विशेष प्राकृतिक तथा मानवीय धनसम्पत्ति बनेको छ। सोनाम द्धुन्ड्रुपले अझ बढी मानिसले आफ्नो जन्मथलोबारे बुझ्नसक्ने आशा लिनुभयो। साथै उहाँलाई पनि थाहा छ जन्मथलोको सुन्दरताको संरक्षण गरेको खण्डमा मात्रै भावनाको धनी हुन सकिन्छ।

      मेरो लक्ष्य भनेको मेरो जन्मथलोको मूल शैलीलाई कायम राख्नु हो। धन कमाउन त सजिलो छ किनभने यहाँ चाँदी खनिज, सुन खनिज छ। तर केही ठाउँमा पानी, विजुली, खनिज उत्खनन अधिक-विकास भएकोले प्राकृतिक वातावरण बिग्रिएको छ। संरक्षणसँगै विकास गर्नका लागि पर्यटन उद्योग सबभन्दा उपयुक्त छ। पर्यटनका लागि बाटोबाहेक अरु चाहिँदैन।