तिब्बतको राष्ट्रिय पर्यावरणीय सुरक्षा प्रणालीमा उल्लेख्य प्रगति
2015-08-08 18:46:39CRI
Share with:

चीनको पश्चिमी भागको वृहत् विकास भन्ने रणनीति र केन्द्रीय समितिको पाँचौं तिब्बती कार्य गोष्ठीको भावनालाई व्यवहारमा उतार्दै राष्ट्रको शक्तिशाली समर्थनमा तिब्बतले हाल केही वर्षयता पर्यावरणीय संरक्षण तथा निर्माणलाई प्रवर्द्धन गर्दै आएको छ जसबाट राष्ट्रिय पर्यावरणीय सुरक्षा प्रणालीको निर्माणमा वास्तविक प्रगति हासिल गरेको देखिएको छ।

केन्द्रीय समितिको पाँचौं तिब्बती कार्य गोष्ठीमा तिब्बतलाई चीनको महत्वपूर्ण पर्यावरणीय सुरक्षा प्रणालीको रुपमा बनाउनुपर्नेमा स्पष्ट जोड दिइएको छ। तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार आयोगले हाल सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार "तिब्बती पर्यावरणीय सुरक्षा प्रणालीको संरक्षण तथा निर्माण परियोजना, 2008-2030"मा दश ठूला योजनाका लागि कूल लगानी पूँजी पन्ध्र अर्ब पचास करोड चिनियाँ युआन बराबर छ भने गत वर्षको अन्तसम्म लगभग पाँच अर्ब सत्तरी करोड चिनियाँ युआन प्रयोग गरिएको थियो।

सो"तिब्बती पर्यावरणीय सुरक्षा प्रणालीको संरक्षण तथा निर्माण परियोजना"मा प्राकृतिक घाँसे मैदानको संरक्षण, जंगली जनावरको संरक्षण तथा प्रकृति संरक्षण क्षेत्रको निर्माण, महत्वपूर्ण सिमसार क्षेत्रको संरक्षण, कृषि तथा पशुपालन क्षेत्रमा परम्परागत ऊर्जास्रोतको परिवर्तन, हावाहुरीको वेग र बालुवाको व्यवस्थापन आदि दश ठूला परियोजना समेटिएका छन्।

गत वर्षको अन्तसम्म तिब्बतमा 22विविध पर्यावरणीय क्षमता संरक्षण क्षेत्र, 18 राष्ट्रिय महत्वपूर्ण पर्यावरणीय जिल्ला, 47 विविध प्राकृतिक संरक्षण क्षेत्रको स्थापना भएका छन्। संरक्षण क्षेत्रको कूल क्षेत्रफल चार लाख बाह्र हजार दुई सय वर्गकिलोमिटर पुगेको छ भने सारा तिब्बती क्षेत्रको भूभागमा 34.4प्रतिशत ‌ओगटेको छ।