वेन छङ राजकुमारी भन्ने नाटकबाट स्थानीय सांस्कृतिक पर्यटनको प्रवर्द्धन
2015-08-17 18:35:48CRI
Share with:

1300 वर्षअघि थाङ राजबंशकी सोह्र वर्षिय राजकुमारी वेन छङ राजधानीबाट तिब्बततिर गएर तीन वर्षपछि बल्ल ल्हासा पुगेकी थिइन। उनले हान तथा तिब्बती संस्कृति बीचको आदानप्रदानकोलागि योगदान गरेकी थिइन। आजआएर ल्हासामा हजारौं वर्षसम्म चलिरहेको यस ऐतिहासिक कथालाई एउटा सांस्कृतिक दृश्य भोज स्वरुप बनाइएको छ। यो वेन छङ राजकुमारी भन्ने नाटक हो। वास्तविक पहाडलाई पृष्ठभूमि बनाएर देखाइनु भन्ने यस नाटकको विशेषता हो। यस नाटकबाट स्थानीय पर्यटनको प्रवर्द्धन गरिएको छ।

पर्यटकहरुले विहान पोताला दरबार, भाकोर सडक आदि प्रसिद्ध पर्यटकीय स्थलको भ्रमण गर्न पाउँछन भने बेलुकीतिर सुख बाटोमा तथा हिमाल भन्ने दुईटा नाटक बाहेक वेनछङ राजकुमारी भन्ने नाटकलाई पनि हेर्न पाउँछन।

सन् 2013को अगष्टदेखि प्रदर्शनमा आएको यस नाटकमा वेन छङ राजकुमारीको अभिनय गरेकी याङ ह्वान यसै नाटकमा एक जना मात्रै हान जातिय अभिनेत्री हुन्। जम्मा गरी दश जना मात्रै पेशागत अभिनेता-अभिनेत्री बाहेक, यस नाटकमा अन्य सबै अभिनेता-अभिनेत्रीका 99प्रतिशत भन्दा बढी स्थानीय तिब्बती सर्वसाधारण हुन्। यस नाटकमा राखिएका लोकल नाचहरु तिब्बतीहरुले बालकदेखि नै नाच्दै आएका नाच हुन्।

ल्हासा नगरपालिका प्रचारप्रसार विभागका प्रमुख चानत्वीले जानकारी दिनुभए अनुसार, यस नाटकको महत्वपूर्ण भूमिका भनेको स्थानीय बासिन्दाहरुको आम्दानीलाई बढाउनु रहेको छ।

पच्चीस वर्षिय स्थानीय बासिन्दा लोतान नाच नाच्नेहरुमध्येका एक हुन्। भविष्यमा सामान ढुवानी क्षेत्रमा काम गर्ने योजना लिएर विहान उनले गाडी चलाउन सिकिरहेका छन भने हरेक बेलुका सात बजेतिर थिएटरमा अभ्यास गरेपछि नौ बजेतिर नाटक प्रदर्शन शुरु हुन्। यस नाटक प्रदर्शन हुँदाखेरी नाटकमा अभिनय गरेकी पासाङसँग पनि भेटेर आफ्नो सुखमय परिवारलाई शुरु गरे। नाटकको अभिनयबाट हरेक महिना उनले पाँच हजार युआन बराबर आम्दानी कमाउने गर्दछन र आफ्नो जीवनस्तरलाई ठूलो मात्रामा माथि उकासिएको बताए।