तिब्बत कार्पेटको नयाँ जीवन
2015-08-19 19:07:41CRI
Share with:

         तिब्बती कार्पेट विश्वका प्रसिद्ध तीन वटा कार्पेटहरुमध्येको एक मानिन्छ। कार्पेटमा प्रयोग हुने ऊन होस् वा बुट्टा होस् यी सबैमा तिब्बती भौगोलिक विशेषता झल्किएको पाइन्छ।

         हातद्वारा बनाइने तिब्बती कार्पेटको शिल्प कला पनि निकै जटिल हुन्छ। ल्हासा कावाच्यान हाते तिब्बती कार्पेट कारखानामा कार्यरत फुपुतुन्चुले बाल्यकालदेखि नै आमाबाबुसँग सिकेर तिब्बती कार्पेट बुन्दै आएका छन। 23वर्षसम्मको अनुभव संगालेका उनले ऊनको गुणस्तरले तिब्बती कार्पेटको गुणस्तरमा ठूलो भूमिका खेल्ने बताए।

         ध्यान दिएर छानिएको गुणस्तरिय ऊन मजदूरहरुको हातबाट ऊनको धागो बनाइन्छ अनि ऊनको धागोमा रङ्ग लगाएपछि बल्ल हातले एक एक रङ्गीन तिब्बती कार्पेट बुनिन्छ। एउटा तिब्बती कार्पेट बनाउनको लागि दुई जना मजदूरले कम्तिमा एक महिनाको समय खर्चिनुपर्छ। यस्तो जटिल प्रक्रियालाई सिकेर यसलाई अवलम्वन गरी हातले कार्पेट बुन्ने मजदूरहरुको संख्या घट्दै गएको छ र हाते शिल्प मेशिनमा रुपान्तरित हुन पुगेको देखिन्छ। कावाच्यान कारखानाको संस्थापक कसाङचासीले तिब्बती कार्पेट बुन्ने काम गरेको बीस वर्ष भैसकेको छ। सबभन्दा मुख्य समयमा कावाच्यान कारखानामा कार्यरत मजदूरको संख्या पाँच सय थियो तर आजआएर तीस जनामा झरेको छ।

         यद्यपि यस परम्परागत सिपको निरन्तरदा दिने अठोट उनले गरिरहेका छन्।

         स्थानीय बासिन्दाहरु बाहेक अन्यत्र गएकाहरुले पनि यस्तो परम्परागत सिपको बिँडो थाम्ने प्रयास गरिरहेका छन्। शानतुङ बासी वाङ चछ्याङ तीमध्येका एक हुन्। उनले कतार एयरवैजमा हुने राम्रो आम्दानीको कामलाई छोडेर ल्हासा गए र कावाच्यान कारखानामा कार्पेटको प्रचारप्रसार गरिरहेका छन। उनले तिब्बती संस्कृतिको निरन्तरतामा आफ्नो योगदान दिने आशा लिएका छन।

         सामाजिक विकासका क्रममा लामो इतिहास बोकेको तिब्बती कार्पेटको नयाँ जीवन शुरु भएको छ। पहिले तिब्बतीहरुको दैनिक जीवनमा ओछ्याइने साधनबाट परिणत भएर आजकल आधुनिक डिजाइन तथा परम्परागत कलासँगको मिलनमा तिब्बती कार्पेट नै प्राचीन तिब्बती संस्कृति तथा आधुनिक सभ्यता देखाइने बहुमूल्य सिगार चीज बन्दै गएको छ।