केसार राजा सम्बन्धी गायनको बिँडो थाम्ने कार्य
2015-08-19 19:07:41CRI
Share with:

        केसार राजा सम्बन्धी गीति गायन विश्वमै सबैभन्दा लामो र एक मात्र जिउँदो ऐतिहासिक महाकाव्य हो। पूर्वको होमेरिक महाकाव्य मानिने केसार राजा सम्बन्धि गायन कला तिब्बतमा निकै लोकप्रिय छ। तापनि यस किसिमको कला एक मुखबाट अर्को मुखसम्म हस्तान्तरण हुँदै गएकाले यसको बिँडो थाम्ने काम कसरी गर्ने र यसलाई स्थानीय बासिन्दाहरुको ध्यानाकर्षणको विषय कसरी बनाउने भन्ने काममा नै स्थानीय सांस्कृतिक विभागहरु प्रयासरत रहँदै आएका छन्।

        नाछु भन्ने स्थान तिब्बतको उत्तरी भागस्थित घाँसेमैदानमा पर्दछ र केसार राजा सम्बन्धी गीति कलाकारको जन्मथलो पनि भएकोले नाछु नै केसार राजा भन्ने गीतिकलाको बिँडो थाम्ने आधार पनि हो। हालसम्म प्रमाणित भैसकेका केसार गीति कलाकारको संख्या 71 पुगेको छ।

        केसार राजा कथामा तिब्बती बहादुर केसार राजाले राक्षसलाई जितेर सर्वसाधारणलाई बचाएको कुरा वर्णन गरिएको छ। हालसम्म चीनको तिब्बत, भित्री मंगोलिया तथा छिङहाई आदि क्षेत्रमा यसै किम्बदन्तीको गायन गर्ने लोक कलाकार धेरै छन।

        सन् 2009 मा केसार राजा गीतिकाव्य संयुक्त राष्ट्र संघको युनेस्कोबाट मानवनिर्मित गैर-भौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचिकृत भएको छ र सन् 2014मा नाछुलाई केसार राजा गीति सम्बन्धि कलाकारको घर भन्ने मानार्थ उपनाम पनि दिइयो।

        बीस वर्षसम्म सम्बद्ध कलाको संकलन गर्दै आएको नाछुमा केसार राजा गीतिकाव्य सम्बन्धि कलाकारको निश्चितता, संरक्षण भन्ने प्रणालीबद्ध अवस्था खडा गरिएको छ।

        गीति कलाकारहरु पशुलापक हुन र नियमित रुपमा आम्दानी गर्न सक्दैनन्। हालआएर नाछुमा निश्चित गरिएका 71 जना कलाकारले 3000-5000 सम्म वार्षिक आर्थिक सहायता पाउने गर्दछन।

        यस किसिमको कलाको फैलावटको लागि हरेक वर्ष घोडा प्रतियोगिता दिवसमा यस गीतिकथा प्रदर्शनी कार्यक्रमहरुमध्येको एकको रुपमा समावेश गर्न थालिएको छ।

        केही उपलब्धि हासिल भएता पनि केसार राजा गीतिकथाको बिँडो थाम्ने काममा कठिनाईहरु विद्यमान नै छन। हालै तिब्बत स्वायत्त प्रदेशीय पुस्तकालयको सहयोगमा ती कलाकारहरुको प्रदर्शनको श्रव्य तथा दृश्य रेकर्डिङ्ग कार्य गरिरहेको छ र पछि अक्षर लिपि राखेर चिनियाँ भाषामा पनि अनुवाद गरिने छ। अन्तमा प्रणालीबद्ध रुपमा यो सम्पदालाई बचाउन सकिने विश्वास छ।