त्रादुक मन्दिरको विगत र वर्तमान
2015-08-21 17:13:23CRI
Share with:

        तिब्बतको ल्होका क्षेत्रको त्रादुक मन्दिर तिब्बती इतिहासमै पहिलो बौद्ध धर्मको पूजा कोठी राखिएको मन्दिर हो। थाङ राजबंशकाल अर्थात् 1300 वर्षभन्दा अघि तिब्बती राजा सङ्च्रन गम्पोसँग विवाह गरेकी चिनियाँ राजकुमारी वनछङले यहीं मन्दिरमा धार्मिक अभ्यास गरेकी थिइन्। अझै पनि सो मन्दिरमा उनले हातले बुनेको शाक्यमुनीको बुट्टा भएको थाङ्का राखिएको छ। यस मन्दिर अगाडि फराकिलो र समथर पारेर ओछ्याइएको छ र वरिपरि निकै सफा प्राचीन ढाँचाका भवनहरु रहेका छन्।

        तर त्रादुक मन्दिरको अवस्था त्यति राम्रो थिएन। मन्दिरका महन्त मिमाछरनले जानकारी दिनुभए अनुसार वर्तमानको यो अवस्था सजिलैसँग बनेको होइन। सन् 1985मा तेह्र वर्षिय मिमाछरनले त्रादुक मन्दिर पुग्दा खानेलाउने यी सबै आफ्नो घरबाट ल्याउनुपर्थ्यो र मन्दिरमा जीवन बिताउन कठिन भएको थियो।

        ठूलो परिवर्तन सन् 2001मा भएको हो। सरकारले मन्दिरले आफ्नो सम्पतिको भरमा आर्थिक आम्दानी पाउने नीति लागू भएपछि लामाहरुको दैनिक जीवनस्तर स्पष्टसँग सुधारिएको देखियो। विशेष गरी सन् 2008मा सरकारले मन्दिरको जिर्णोद्बार गर्नको लागि दुई करोड असी लाख युआन बराबर लगानी गरेको थियो। यस रकमबाट मन्दिरमा राखिने पुरातात्विक वस्तुको उचित संरक्षण गरिएको साथै लामाहरुले दैनिक जीवनमा प्रयोग गर्ने पानी, बिजुली आदि शर्त पनि क्रमशः सुधारिएको छ। ल्होका क्षेत्रीय पुरातात्विक वस्तु व्यूरोका प्रमुख छाङपाछरनले जानकारी दिए अनुसार, त्रादुक मन्दिरको इतिहास ठूलो परिमाणको जिर्णोद्बार तीन पटक हो र अन्तिम पटक गत वर्षमा सम्पन्न भएको छ। हाल मन्दिरका पुरातात्विक वस्तुको सुरक्षा दिने प्रबन्धलाई खडा गरिरहेको छ।

        त्रादुक मन्दिरभित्रको परिवर्तन भएको साथै बाहिरको वातारण पनि सुधार गरिएको छ। गत शताब्दीको असी दशकमा यहाँ एउटा सानो गाँउबस्ति मात्र थियो तर आजआएर यहाँ त्रादुक टाउन्शिप बनेर फराकिलो मार्ग र सफा सडक भेटिन्छ। यस्तो परिवर्तन सबै तिब्बतको वास्तविक अवस्थासँग अनुकूल भएको साथै पुरातात्विक वस्तु तथा एकाइ संरक्षण कार्यसँग पनि मिलाइएको छ। आजआएर यहाँका घरहरु बाहिरबाट हेर्दा तिब्बती शैलीका छन् तर कोठाभित्र निकै बलियो र आनन्ददायक उज्ज्यालो वातावरण छ।

       सुविधाजनक यातायात तथा सुधारिएको वातावरणबाट त्रादुक मन्दिरले अझ बढी पर्यटकहरु आकर्षित गरेको छ। बढी ध्यानाकर्षण पाइरहेको सिलसिलामा त्रादुक मन्दिरका महन्त मिमाछरनले लामाहरुको शैक्षिक स्तरलाई उकास्ने योजना पनि गरिरहेका छन।