तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालय
2015-08-26 16:21:27CRI
Share with:

तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालय

         सन् 2008 को पैचिंग ओलम्पिक खेलकुदको पवित्र ज्योतिको रिले कार्यक्रम अन्तर्गत ओलम्पिक ज्योतिलाई विश्वको सर्वोच्च विन्दु अर्थात् चुमुलाङमामा लैजाँदाखेरिका चिनियाँ पर्वतारोहण दलका सदस्यहरुलाई सम्झनुहुन्छ? उनीहरु चीनको तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयका हुन्। त्यतिखेरको तिब्बत पर्वतारोहण पथप्रदर्शक विद्यालयको नाम अहिले हिमालय पथप्रदर्शक विद्यालयको रुपमा परिणत भएको छ। सन् 1999मा स्थापना भएदेखि हालसम्म तिब्बतको पर्वतारोहण विद्यालयले शिक्षा लिएका, विदेशी भाषा बोल्नसक्ने आरोहण प्रविधिबारे जानकारी लिएका तीन सय जना पथप्रदर्शक हुर्काएको छ। साथै तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले पनि तिब्बती क्षेत्रको रोजगारलाई बढाएको छ।

         तिब्बतको न्येलाम जिल्लाबाट आएका चा सी कुङ बु चालू वर्ष बीस वर्षका भए। उनले तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयमा तीन वर्षसम्म अध्ययन गरेका छन्। पर्वतारोहण पथप्रदर्शक विद्यालय आउनुको कारणबारे चर्चा गर्दा उनले भनेका छन्

         "म हिमालयमा बस्छु, न्येलामबाट आएको हुँ। सानो उमेरमा मैले गाइपालन गर्थें। सानै छँदादेखि मलाई थाहा छ, चुमुलाङमा सर्वोच्च शिखर हो। मैले जन्मथलोका मानिसबाट थाहा पाएको कुरा के हो भने तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले आठ हजार मिटरभन्दा बढी पहाड आरोह गर्नसक्ने विद्यार्थी भर्ना गराएको छ। त्यसैले मैले पनि यस विद्यालयमा अध्ययन गर्ने निर्णय गरें।"

         तिब्बतमा प्रशस्त पहाडी श्रोत-साधन छ। तिब्बतमा चा सी कुङ बुजस्तै पर्वतारोहणको सपना सजाएका धेरै केटाकेटी छन्। सन् 1999मा पर्वतारोहणको सपना साँचेका नी मा छ रनले तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयको स्थापना गर्नुभएको थियो। नी मा छ रनकाअनुसार, तिब्बतको चुमुलाङमा, शिशापान्माले तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयको स्थापनाका लागि प्राकृतिक पूर्वाधार उपलब्ध गराएका छन्।

         "पर्वतारोहण पथप्रदर्शक विद्यालयको स्थापना गर्नुको पहिलो उद्देश्य के हो भने चीनको पहाडी सेवामा रहेका दक्ष जनशक्तिको अभाव छ। दोस्रो, हिमालय अवस्थित नेलाम, तिङ री, तिङ चे, चिरुङ गरी चार जिल्लाको रोजगार समस्याको समाधान गर्ने हो। त्यसैले मैले यस विद्यालयको स्थापना गरेको हुँ।"

         हाल तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयका 42 जना विद्यार्थी छन्, तीमध्ये 5 जना छात्रा रहेका छन्। सबैभन्दा सामो उमेरकी विद्यार्थीको पन्ध्र वर्ष मात्रै रहेको छ। ती विद्यार्थीहरु तिब्बतको विभिन्न क्षेत्रबाट आएका छन्। विद्यालयका शिक्षक छ रन तान ताले जनाएअनुसार, यस विद्यालयमा सैद्धान्तिक पाठ्यक्रम र पर्वतारोहण पाठ्यक्रम समावेश गरिएको छ। विद्यार्थीहरुलाई चौतर्फी दक्ष जनशक्ति उत्पादन गर्ने यस विद्यालयको आशा छ।

         "सैद्धान्तिक पाठ्यक्रममा तिब्बती भाषा, चिनियाँ भाषा, अंग्रेजी भाषा, भूगोल, इतिहास, राजनीति, पर्वतारोहण ज्ञानआदि पाठ्यक्रमहरु समावेश छन्। प्राविधिक पाठ्यक्रममा पर्वतारोहणआदि।"

         चा सी कुङ बुको विचारमा केही पाठ्यक्रमहरु अप्ठ्यारा छन्, केही पाठ्यक्रम निकै रमाइला पनि छन्।

         "हामी विहान छ बजे उठ्छौं, विद्यालयमै कसरत पनि गर्छौं, आठ बजे विहान खाना खान्छौं। आज हामी तिब्बती भाषाको इतिहास सिक्दैछौं। आज दिउँसो हामी अभ्यास गर्ने छौं। मलाई अंग्रेजी भाषाको पाठ्यक्रम मन पर्छ।"

         न्येलाम जिल्लाबाट आएका छ रन वाङ त्वै चालू वर्ष बीस वर्षका भए। प्रति दिनको सिकाइबाट उनले लाभ प्राप्त गरेका छन्।

         "मेरो जीवनमा ठूलो परिवर्तन आएको छ। पहिला जन्मथलोमा रहँदा मैले चिनियाँ भाषा राम्रोसँग बोल्न सक्दैनथिएँ। हाल मैले राम्रोसँग बोल्नसक्छु।"

         तिब्बतको न्येलाम जिल्लाबाट छ रन वाङ त्वै र चा सी कुङ बुले दुई पटक आरोहण गरेका छन्।

         "मैले छि च पहाडका साथै निङ चिन खाङ शा पहाड पनि आरोहण गरेको छु। मलाई पर्वतारोहण पेशा मन पर्छ।"

        "मैले छि च पहाड र च्याङ साङ ला मू पहाड आरोहण गरेको छु। मैले चुमुलाङमा आरोहण गरेको छैन। म त्यहाँ हेर्न मात्रै गएको छु।"

तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालय

         दैनिक अभ्यास र सिकाइ वाहेक, सन् 2002मा तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले फ्रान्सको राष्ट्रिय पर्वतारोहण तथा स्कीइङ विद्यालयसँग दीर्घकालीन सहयोगात्मक सम्बन्धको स्थापना गरेको थियो। तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयका संस्थापक नी मा छ रनले भन्नुभयो

         "प्राविधिक आदान-प्रदान अलि धेरै छ। समुद्री सतहदेखि उच्च उचाइको उद्धार प्रविधि सिक्नका लागि हामीले व्यक्तिहरुलाई फ्रान्स पठाएका छौं।"

         चौतर्फी अभ्यासको आधारमा हालसम्म तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले तीन सय जना युवा पथप्रदर्शक, पर्वतीय सहायक, पर्वतीय क्यामरामैन, पर्वतीय उद्धारकर्मी, पर्वतीय सेफ, विदेशी भाषाका अनुवादक हुर्काएको छ। चीनको पर्वतीय सेवाका वरिष्ठ व्यक्तिको अभाव अव पूर्ति भएको छ।

         तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयका शिक्षक एवम् तिब्बती पर्वतारोहण टोलीका पूर्व सदस्य छ रन तान ताले भनेअनुसार, उनको विद्यालयबाट स्नातक भएपछि धेरै विद्यार्थीहरु पवित्र पहाड पर्वतारोहण सेवा कम्पनीमा भर्ना गरिएका छन्। केही विद्यार्थीहरुले तिब्बतको पर्वतारोहण टोली वा तिब्बतको पर्वतारोहण संघमा काम गर्छन्। केहीले तिब्बतको सिमा रक्षा विभागमा काम गर्छन्। छ रन तान ताले भने झैं तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले पर्वतारोहण व्यक्तिहरु हुर्काएको मात्र नभई स्थानीय रोजगार र विकासलाई पनि बढाएको छ।

तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालय

       "पर्वतारोहण विद्यालयको स्थापनाले दुई वटा समस्याको समाधान गरेको छ। पहिलो, हिमालय अवस्थित ठाउँका धेरै किसान तथा पशुपालकका छोरोछोरीहरुले सिकाइको मौका पाएका थिएनन्। तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयमा उनीहरुले ज्ञान हासिल गरेका छन् र रोजगारीको मौका पाएका छन्। दोस्रो, पर्वतारोहण विद्यालयबाट स्नातक भएका विद्यार्थीहरुले पर्वतारोहणसम्बन्धी उद्योग-व्यवसाय र व्यवसायिक पर्वतारोहणको विकासलाई बढाएका छन्। त्यसैले सो विद्यालयले पर्वतारोहण पर्यटनको आर्थिक फाइदाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।"

         यस वाहेक, तिबब्तले हरेक वर्षमा पर्वतारोहण सम्मेलनको आयोजना गर्ने गर्दछ। तिब्बतको पर्वतारोहण पथप्रदर्शक विद्यालयले चिनियाँ तथा विदेशी आरोहीहरुलाई विविध किसिमको सेवा उपलब्ध गराउने गरेका छन्। यसका साथै स्थानीय किसान तथा पशुपालकको आम्दानी बढेको छ, जीवन यापन पूर्वाधार सुध्रेको छ। तथ्यांकअनुसार, हालैका पाँच वर्षमा स्थानीय वासिन्दाहरुले पर्वतारोहणसम्बन्धी सेवामार्फत चार करोड असी लाख चिनियाँ युआन कमाएका छन्।

         पर्वतारोहण सपना साकार भइसकेको चा सी कुङ पुले भविश्यबारे चर्चा गर्दा भनेका छन्

        "मैले निरन्तर रुपमा प्रयास गर्दैछु। एकजना उत्कृष्ट पथप्रदर्शक बन्ने मेरो इच्छा छ।"