नाछ्यु पशुपालक कर्मा साम्तेनको सुखी परिवार
2015-08-31 10:51:22CRI
Share with:

नाछ्यु पशुपालक कर्मा साम्तेनको सुखी परिवार

      आफ्नो पशुपालन मैदान अचानक बृद्धि भइरहेको छ, पाँच छोरा-छोरी सबैले विश्वविद्यालयको शिक्षा लिएका छन्, जीवन राम्रो हुँदैछ र बच्चाको भविष्य पनि राम्रो देखिन्छ। यस्ता सफलताले कर्मा साम्तेनलाई मनमा अत्यन्तै खुशी लागेको छ।

      कर्मा साम्तेनले धेरै वर्षसम्म पारिवारिक पशुपालन मैदान संचालन गर्नुभयो र उत्तर-पश्चिमी तिब्बती नाछ्यु क्षेत्रको नाछ्यु जिल्लाको लोमा टाउनको बाह्रौँ गाउँमा पहिलो पटक धनी मानिसमा दरिनुभयो। पारिवारिक पशुपालन मैदानको राम्रोसँग संचालन गरेको कारण कर्मा साम्तेन आफूले निकै प्रयास गरिरहनु भएको छ। तिब्बत स्वायत्त प्रदेश सरकारले पशुपालन विकासमा ठूलो समर्थन दिएको र पशुपालकलाई सुविधाजनक नीति लिएको छ। कर्मा साम्तेनका अनुसार, उहाँको पारिवारिक पशुपालन मैदान सन् 2009 मा ‌औपचारिक रुपमा स्थापित भएको थियो। उहाँले भन्नुभयो—आवाज एक

      सर्वप्रथम, सरकारले हामीलाई दुग्ध पदार्थबाट विभिन्न उत्पादन गर्ने र बिक्री गर्ने घर प्रदान गरेको छ। बिक्री गर्न गाडी किन्नका लागि सरकारले हामीलाई केही सहुलियत पनि दिएको छ।

      सुविधाजनक नीतिबाट कर्मा साम्तेनको व्यापारलाई दृढ संरक्षण दिइएको छ। धेरै वर्षयता नाछ्यु जिल्लाले पशुपालन उद्योगको संरचनात्मक समायोजन नीतिको पालना गरिरहेको छ भने मैदान अनुबन्ध जिम्मेवारी प्रणालीको पालना गरी मैदानको संरक्षण तथा उचित प्रयोग गर्ने व्यापक पशुपालकको सक्रियतालाई सम्पूर्ण रुपमा प्रोत्साह गरेको छ। यसरी नै कर्मा साम्तेनजस्तो धेरै धनी किसानहरु देखिएका छन्। कर्मा साम्तेनको धनी बन्ने अनुभवबारे चर्चा गर्दै नाछ्यु जिल्लाका पशुपालन ब्यूरोका अधिकारी तुङवीले जानकारी दिनुभयो—आवाज दुई

      एकातिर उहाँको संगठनात्मक क्षमता हो र अर्कातिर उहाँको आफ्नो दूध मात्रै नभइ अरु पशुपालकको दूध पनि संगलन गर्नुहुन्छ। दुग्ध वस्तु उहाँको मुख्य व्यापार हो, दही, दूध आदि। दुग्ध वस्तुको व्यापारबाट वर्षमा चार लाख चिनियाँ युआन कमाउन सकिन्छ र लगभग दुई लाख चिनियाँ युआनको नाफा हुन सक्छ।

नाछ्यु पशुपालक कर्मा साम्तेनको सुखी परिवार

      मैदान अनुबन्ध जिम्मेवारी प्रणाली संचालन भएपछि कर्मा साम्तेनको मैदानको क्षेत्रफल 3 हजार 78 एकर पुगेको छ। उहाँले 83 वटा चौँरी गाई पाल्नु भएको छ। हरेक वर्ष तीन हजार केजीभन्दा बढी दूध उत्पादन गर्नुहुन्छ र अरुबाट दश हजार केजीभन्दा बढी दूध संलग्न गर्नुहुन्छ। दुग्ध वस्तु उत्पादनबाट हरेक वर्ष चाल लाख चिनियाँ युआनभन्दा बढी फाइदा हुन सक्छ। यसबाट नाफा मात्र दुई लाखभन्दा बढी हुन्छ। छिङ हाइ-तिब्बत राजमार्ग नजिक रहेकोले कर्मा साम्तेनले वरिपरिका केही गाउँलाई समेटेर स्प्रिङ रिसोर्ट खोल्नुभयो। छिङ हाइ-तिब्बत राजमार्गबाट पाएको सुविधाबारे चर्चा गर्दै कर्मा साम्तेनले भन्नुभयो—आवाज तीन

       राजमार्ग संचालन नभएमा विकास हुँदैन। उदाहरणका लागि बाल बच्चाले शिक्षा पनि पाउन सक्दैनन्। पहिला यातायात सुविधा थिएन बच्चा स्कूल जान निकै गाह्रो थियो। हाल छिङ हाइ-तिब्बत राजमार्ग र छिङ हाइ-तिब्बत रेलमार्ग संचालन भएपछि बच्चा स्कूल जान र हामीले उत्पादन तथा बिक्रि गर्न निकै सुविधा भयो। दुधबाट उत्पादित वस्तु हामीले आफ्नो गाडी चलाएर नाछ्यु र ल्हासासम्म पुर्‍याउँछौँ।

       धनी बन्नुका साथै कर्मा साम्तेनजस्तो धेरै बुवा-आमाले आ-आफ्नो बच्चाको शिक्षा विषयमा पनि निकै ध्यान दिनुहुन्छ। कर्मा साम्तेनको चौब्बीस वर्षीय छोरी टाशी याङचोमले पत्रकारलाई घरमा राखिएका स्नातक प्रमाणपत्र देखाएर गौरवका साथ जानकारी दिनुभयो—आवाज चार

      यो मेरो भाइको स्नातक प्रमाणपत्र हो। प्रहरी स्कूलबाट स्नातक भएको हो र अब ल्हासामा तालिम लिँदैछ। यो मेरो दाजुको हो। उनी पाँच वर्षसम्म काम गरेका छन्। यो मेरो तिब्बत विश्वविद्यालयको स्नातक प्रमाणपत्र हो। यो मेरो कान्छो भाइको हो उनी स छ्वान जातीय कलेजबाट स्नातक हुन्।

      टाशी याङ्चोमका अनुसार, नाछ्युमा उहाँ बराबर उमेरका युवाहरु धेरैजसो विश्वविद्यालयबाट स्नातक भएका छन् र स्नातक भएपछि जन्मथलो फर्किने धेरैजसोको इच्छा छ। हाल पशुपालकका बच्चाको शिक्षामा अझ बढी ध्यान दिने नीति आएका छ। किनभने अझ बढी उदाहरणबाट ज्ञानले भाग्यलाई परिवर्तन गर्नसक्ने र सम्पत्ति बनाउनसक्ने देखाइएको छ। टाशी याङचोमका बुवा-आमाले उनीहरुको शिक्षाका लागि ठूलो समर्थन दिएका छन्। हाल परिवारका उहाँ लगायत पाँचजना छोराछोरी सबै विश्वविद्यालयमा पढेका छन्। तिब्बत विश्वविद्यालयको नर्सिङ्ग कलेजबाट स्नातक भएका उहाँले भविष्यमा जन्मथलो नाछ्युमा श्रेष्ट नर्स बन्ने आशा लिनुभएको छ। उहाँको भाइ तिब्बती प्रहरी कलेजबाट स्नातक भएर नाछ्यु सार्वजनिक प्रहरीको अधिकारी हुने भएका छन्। घरको सबभन्दा कान्छो भाइले भर्खरै स छ्वान जातीय विश्वविद्यालयबाट स्नातक भएका छन् र नाछ्युको श्रेष्ठ शिक्षक बन्ने उनको सपना रहेको छ।

नाछ्यु पशुपालक कर्मा साम्तेनको सुखी परिवार

       ज्ञान र प्रविधि सिकेर फर्केका तिब्बती युवाहरुले जन्मथलोको निर्माण र विकासमा समर्पण गर्ने सक्रियताबाट भविष्यमा तिब्बतको विकासलाई दृढ आधार बन्ने र तिब्बती आर्थिक तथा सामाजिक ठूलो विकासलाई स्थिर शक्ति प्रदान गर्न सक्ने हाम्रो विश्वास छ।