गाउँबाट सहर पसेका लो साङ
2015-09-02 15:07:07CRI
Share with:

        लामो दुरीमा ट्याक्सी चलाउने काम तिब्बतमा निकै लोकप्रिय छ। लामो दूरी ट्याक्सी चलाउने तिब्बती जातिका मान्छेलाई तिब्बतमा माया र विश्वास गरिन्छ। उनीहरुले बाहिरको विश्वलाई धेरै जानकारी दिने, तिब्बतका विभिन्न बाटाको बारेमा राम्रो जानकारी लिने र केही समस्या परेमा समाधान गर्न सक्छन्। उनीहरुले पाहुनालाई राम्रो प्रभाव पार्छन्। त्यसैगरी तिब्बतमा ट्याक्सी चलाउने एकजना व्यक्ति हुन लो साङ छ वाङ।

         तिब्बतको ल्हासादेखि सबैभन्दा अग्लो स्थान आली र नाछु क्षेत्रसम्म चार हजार चार सय किलोमिटरको दुरीको सडकमा लो साङले स्थिर रुपमा ट्याक्सी चलाउँछन्।

          अहिले उनी उनी 53 वर्षका भए। बीस वर्षअघि उनी घरमा खेती किसानको काम गर्दथ्ये। सन् 1982 पछि उनीले केही ठाँउमा सिकर्मीको काम पनि गरे। उनी विस्तारै ड्राइभिङतिर मोडिए। ड्राइभिङ स्कूल भर्ना नभएकाले लो साङले आफ्नो मालिकसँगै कार चलाउन सिके। उनी लिङचमा काठ गाडीमा कार ओसारपसार गर्दा गर्दै गाडी चलाउन पारङ्गत भए।

         सानो उमेरमा गाँउले जीवनमा लो साङले बाहिरी दुनियाँसँग सम्पर्क गर्न पाएका थिएनन्। किसान र पशुपालकहरुको मुख्य आय श्रोत भनेको नै भेडाच्याङ्ग्रा र चौरीगाई हुन। व्यापारीहरुले नुन र दूधको चिया दिएर ग्रामीण क्षेत्रबाट पशुपालकहरुको भेडा र गाई विनिमय गर्ने काम गर्दथ्ये।

         लोसाङ सानै उमेरदेखि पैसा कमाउने विभिन्न अवसर पाउने काम गर्न थाले। हरेक वर्ष उनले दशदेखि बीस हजार चिनियाँ युआन कमाउन सक्दथ्ये। ल्हासामा काम गरेर उनले पैसा कमाए र बिहे पनि गरे।

          लोसाङ चिनियाँ भाषा राम्ररी बोल्छन् तर उनले तीन वर्ष मात्र औपचारिक रुपमा स्कूल गएका छन्। स्कूलमा उनले तिब्बती भाषा मात्र सिकेका थिए। त्यतिबेला स्कुलमा चिनियाँ भाषा सिकाइँदैन थियो। उनी आफैँले चिनायँ भाषा सिके।

          सन् 1996 मा 34 वर्षका लो साङले ल्हसाको उपनगरमा घर किने। अहिले उनी त्यही आरामदायी घरमा बस्छन्। उनी आफ्नो गाउँको घर रखजबाट केही सय किलोमिटरको दूरी ल्हासा आएर बस्न थालेका हुन्।

          गाउँले जीवनदेखि शहर पसेको बीस वर्षमा लो साङले तिब्बतका विभिन्न क्षेत्रमा ड्राइभ गरेका छन्। उनले तिब्बतको परिवर्तनलाई राम्ररी अनुभव गरेका छन्। सबैभन्दा ठूलो परिवर्तन सरकारले वन्यजन्तु संरक्षणमा गरेको राम्रो प्रयासलाई उनले व्यक्त गरेका छन्। केही वर्षदेखि ल्हासामा बढिरहेको कारको संख्या, अग्ला अग्ला घरहरुले ल्हासामा भइरहेको तीब्र विकास र परिवर्तनले उनलाई निकै अचम्म बनाएको छ। पहिले ल्हासा सहरको नजिकैका फाँटहरु जौबारी थिए। अहिले ती क्षेत्रमा सानदार घरहरु बनेका छन्। पहिलेका किसान वा पशुपालकहरु अहिले शहरमा आरामदायी जीवन बिताउँदैछन्।

           हाल लो साङले हरेक वर्ष 60 हजार बन्दा बढी चिनियाँ युआन कमाउने गर्छन्। उनी आफ्नो कमाइ र सुखमय जीवनबाट सन्तुष्ट छन्। उनको अहिलेको जीवन धेरै राम्रो छ। उनीसँग कार छ र बस्नका लागि घर पनि छ।