चीनद्वारा ल्हासादेखि दक्षिण-पूर्वी एशिया तथा दक्षिण एशियासम्मको उडान संचालनका लागि प्रोत्साहन
2015-09-14 18:36:36CRI
Share with:

         तिब्बतको बाह्य खुलापनलाई बढाउनका लागि चीनले एयरलाइन्स कम्पनीहरुलाई ल्हासादेखि दक्षिण-पूर्वी एशिया तथा दक्षिण एशियासम्मको उडान संचालन गर्न प्रोत्साहन गर्नेभएको छ।

         चिनियाँ नागरिक हवाई प्रशासन व्यूरोद्वारा यसै महिनाको चौध तारिख जनाइएअनुसार, चिनियाँ नागरिक हवाई प्रशासन व्यूरोका उपप्रमुख चौ लाइ चन र तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष तीङ य सेनले हस्ताक्षर गर्नुभएको "तिब्बतको नागरिक हवाई सेवाको विकासलाई चौतर्फी रुपमा बढाउने विषयबारे वार्ताको मुख्य विषयवस्तु"अनुसार, चिनियाँ नागरिक हवाई प्रशासन व्यूरो र तिब्बत स्वायत्त प्रदेशले सम्बन्धित विभागहरुसँग समन्वय गरी एयरलाइन्स कम्पनीहरुलाई ल्हासादेखि दक्षिण-पूर्वी एशिया तथा दक्षिण एशियासम्मको उडान संचालनका लागि प्रोत्साहन गर्ने छ।