तिब्बतको प्वो मि लोक कला समूहद्वारा क्वाङ्ग चौमा प्रदर्शनी
2015-11-23 18:41:45CRI
Share with:

यस वर्ष क्वाङ्ग चौ शहरले तिब्बतको लिन च शहरको प्वो मि जिल्लालाई सहायता प्रदान गरेको बीसौं वार्षिकोत्सव हो। क्वाङ्ग चौले प्वो मि जिल्लाको निर्माण तथा विकासका लागि सहायता गर्ने क्रममा पाइएको उपलब्धिको जानकारी दिनुका साथै यी दुबै क्षेत्रबीचको साँस्कृतिक आदानप्रदानलाई मजबुत बनाउनका लागि तिब्बतको लिन चको प्वो मि लोक कला समूहले आज 23देखि 29तारिख सम्म क्वाङ्ग चौमा श्रृँखलाबद्ध साँस्कृतिक प्रदर्शन गर्ने छ।

गत शताब्दीको साठीको दशकमा स्थापित यस लोक कला समूहका सदस्यहरु सबै स्थानीय कृषक तथा पशुपालक सर्वसाधारण हुन्। यस समूहले सधैं ग्रामीण क्षेत्रका सर्वसाधारण तथा समस्त कृषक तथा पशुपालकसमक्ष प्रदर्शन गर्दै तिब्बत स्वायत्त प्रदेश तथा लिन च क्षेत्रका धेरै साँस्कृतिक पुरस्कार जितेको छ। क्वाङ्ग चौको भ्रमणमा यस समूहले क्वाङ्ग चौका बासिन्दाहरुलाई तिब्बतको गैर भौतिक साँस्कृतिक पैतृक सम्पदा"प्वो च्वो"नृत्य र प्वो मि क्षेत्रको एक स्थानीय परम्परागत गायन शैली"प्वो याङ्ग"को प्रदर्शन गर्ने छ।