पञ्चेन अर्दनी लामाद्वारा जोखाङ मन्दिरमा बुद्धको पूजा
2015-11-27 18:53:26CRI
Share with:

पञ्चेन अर्दनी लामा छ्वोइग्यी ग्याइबोले 26 तारिख विहान सबेरै ल्हासामा अवस्थित जोखाङ मन्दिरमा शाक्यमुनि बुद्धको पूजा आराधना गरेर भिक्षुहरुलाई आशीर्वाद दिनुभएको छ।

पञ्चेन अर्दनी लामाले मन्दिरका हरेक कक्षमा पूजा गर्नुका साथै बुद्ध मुर्तिमा खादा चढाउनुभयो। साथै उहाँले शाक्यमुनि बुद्धको मुर्तिको पूजा आराधना गरेर मुर्तिसामु मन्त्रहरु जप्दै राष्ट्रको सुरक्षा तथा सर्वसाधारणको सुखका लागि हुने कामना गर्नुभएको छ।

त्यसपछि उहाँले मन्दिरका भिक्षुहरुलाई आशीर्वाद दिनुभयो।

सोहि दिन उहाँले ल्हासा शहरीय प्रदर्शनी केन्द्रमा "तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचास वर्षको उपलब्धि प्रदर्शनी"को अवलोकन गर्नुका साथै तिब्बती याक संग्रहालयको पनि अवलोकन गर्नुभएको छ।