तिब्बतमा तिब्बती चिकित्सा-औषधि उत्पादन कार्यालय स्थापित
2015-12-22 18:51:25CRI
Share with:

पचास वर्षको इतिहास बोकेको तिब्बत स्वायत्त प्रदेशीय तिब्बती औषधि उत्पादन कारखानाको पुनर्गठन भएपछि एक्काईस तारिख औपचारिक रुपमा नाम परिवर्तन गरी मन च खाङ औषधि उत्पादन कार्यालय भनेर पुनस्थापित भएको छ। यो नै तिब्बतमा क्लिनिकल प्रयोगको लागि तिब्बती औषधिको उत्पादन अझ व्यवसायिक स्तरमा उकासिएको प्रतीक हो।

म च खाङ औषधि उत्पादन कार्यालय तिब्बत स्वायत्त प्रदेशीय तिब्बती चिकित्सा अस्पतालको एक शाखा हो। यस अस्पतालका प्रमुख यिसि याङछुङले जानकारी दिनुभए अनुसार, यस कार्यालयको स्थापनाबाट नै राम्रो आर्थिक फाइदा ल्याउनसक्ने अपेक्षा गरिएको छ। साथै यो नै तिब्बती चिकित्सा तथा ‌औषधि भन्ने गैर भौतिक सांस्कृतिक सम्पदाको बिँडो थाम्ने अखडा बन्ने आशा पनि गरिएको छ।