तिब्बतमा अन्नबालीको उत्पादन मात्रा पहिलो पटक दश लाख टनभन्दा बढी
2015-12-26 17:45:20CRI
Share with:

तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन विभागको पछिल्लो तथ्यांकअनुसार, सन् 2015 तिब्बतको अन्नबालीको उत्पादन मात्रा पहिलो पटक दश लाख टनभन्दा बढी पुगेर दश लाख सत्र हजार आठ सय टन पुगेको छ। सागसब्जीको उत्पादन मात्रा आठ लाख बीस हजार टन पुगेको छ। अन्नबाली र सागसब्जीको उत्पादन मात्रा यी दुबै पक्षले इतिहासको सर्वोच्च किर्तीमानी खडा गरेका छन्।

किसानको अन्नबाली र सागसब्जी खेती सक्रियतालाई उत्प्रेरित गर्नका लागि तिब्बतले हालैका केही वर्षदेखि किसान केन्द्रित लाभमूलक नीति निरन्तर रुपमा विस्तार गरिरहेको छ भने भत्तामार्फत् किसानको हितको संरक्षण गरिरहेको छ।