आगामी पाँच वर्षमा ल्हासालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा पर्यटकीय शहर बनाइने
2016-01-10 18:39:39CRI
Share with:

सन् 2020सम्म ल्हासाको पर्यटन उद्योग सम्बन्धि विविध सूची गत वर्षभन्दा दोब्बर पारेर छिङहाई-तिब्बत पठारभूमिमा एउटै मात्र अन्तर्राष्ट्रिय सांस्कृतिक तथा पर्यटकीय शहर बनाइने भएको छ। यो कुरा हालै तिब्बतको सदरमुकाम ल्हासा नगरपालिकाले सार्वजनिक गरेको 'पर्यटन उद्योगको विकास लक्ष्य सन्2016-2020'मा उल्लेख गरिएको हो।

निर्धारित लक्ष्य अनुसार, सन्2016-2020सम्मको अवधिमा ल्हासाको भ्रमण गर्ने चिनियाँहरुको संख्या प्रतिवर्ष 15प्रतिशतले बृद्धि भई सन् 2020सम्म ल्हासा पुग्ने चिनियाँ पर्यटकहरुको ‌संख्या 2 करोड 40 लाख पुग्ने अनुमान गरिएको छ। साथै ल्हासा पुग्ने विदेशी पर्यटकहरुको संख्या प्रतिवर्ष 20 प्रतिशतले बृद्धि भएर सन् 2020सम्म ल्हासा पुग्ने विदेशी पर्यटकहरुको संख्या 3 लाख पुग्ने अडकल गरिएको छ।

ती लक्ष्यहरुलाई साकार तुल्याउन ल्हासामा आधारभूत प्रबन्धको निर्माणको प्रवर्द्धन गरिने, विश्व पर्यटकीय शहर संघ तथा एशिया-प्रशान्त पर्यटन संघको सदस्य बन्ने, पर्यटकीय क्षेत्रमा इन्टर्नेट प्रबन्ध लगायतमा जोड दिइनेछ।