चीनको मुख्यभूमिद्बारा तिब्बतका लागि विभिन्न प्रकारका जनशक्ति उत्पादन
2016-01-21 19:52:37CRI
Share with:

तिब्बत स्वायत्त प्रदेशको शिक्षा विभागबाट थाहा भएअनुसार सन्2015को अन्तसम्ममा पैचिङ्ग,च्याङ्ग सु लगायत 21 वटा प्रान्त तथा शहरमा तिब्बतका लागि योग्य जनशक्ति हुर्काउन सामान्य माध्यमिक स्कूल, मध्यस्तरीय पेशागत स्कूलमा तिब्बती कक्षा स्थापना भएका छन्। मुख्यभूमिमा शिक्षा लिनु नै तिब्बती शिक्षाको महत्वपूर्ण पूरक माध्यम बनेको छ।

गत शताब्दीको 80 दशकमा तिब्बतमा योग्य व्यक्ति कम र आधारभूत शिक्षा कम्जोर भएको अवस्थाबमोजिम चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषदले मुख्यभूमिमा तिब्बती कक्षाको स्थापना गर्ने महत्वपूर्ण रणनीति बन्दोबस्त गरेको थियो। तीस वर्षयता मुख्यभूमिले तिब्बतका लागि जम्मा विभिन्न प्रकारका तीस हजारभन्दा बढी योग्य व्यक्ति हुर्काएको छ।