स छ्वान प्रान्तीय तिब्बती बसोबास क्षेत्रको बाल कोरसले अष्ट्रेलियामा साँस्कृतिक आदान-प्रदान गर्दै
2016-02-19 18:37:53CRI
Share with:

स छ्वान प्रान्तीय तिब्बती बसोबास क्षेत्रको पहिलो बाल कोरस---बाथाङ्ग थ्यानलाइ बाल कोरस 19 तारिख प्रस्थान गरेर अष्ट्रेलियामा साँस्कृतिक आदान-प्रदान गर्न थालेको छ। यो उक्त कोरसले पहिलोपटक विदेशमा कार्यक्रम देखाउन लागेको हो।

प्राप्त जानकारीअनुसार, बाथाङ्ग थ्यानलाई बाल कोरस तिब्बती भाषाद्बारा लोक गीत गाउने र जातीय सँस्कृति प्रसारण गर्ने कमनवेल बालकला मण्डल हो। यो मण्डलका सबै सदस्यहरु कृषि तथा पशुपालन क्षेत्रबाट छानिनुका साथै सरदर उमेर दश वर्ष मात्रै रहेको छ।

सात दिने साँस्कृतिक आदान-प्रदानमा बालबालिकाहरुले अस्ट्रेलियाका दर्शकहरुलाई परम्परागत तिब्बती गीत र ओपेरा देखाउने जनाइएको छ।