वसन्त चाड अवधि तिब्बतमा घुम्ने विदेशी यात्रुको संख्यामा उल्लेख्य वृद्धि
2017-02-05 14:24:53CRI
Share with:

 तिब्बती पर्यटन विकास समितिका अनुसार, यो वर्षको वसन्त चाड अवधिमा तिब्बत भ्रमण गर्ने विदेशी यात्रुको संख्या सन् 2016 को तुलनामा 74.1 प्रतिशतले बढेको छ।

प्राप्त जानकारीअनुसार, तिब्बतले विभिन्न कदम चालेर तिब्बतलाई विश्व पर्यटन गन्तव्यको रुपमा बनाउनेछ। काङदिस अन्तर्राष्ट्रिय सहयोग क्षेत्र तिब्बती पर्यटनको मुख्य कार्यक्रममध्येको एक बनिसकेको छ भने त्यसको केन्द्रीय क्षेत्र आलीको फुलान जिल्लाको पवित्र पहाड तथा तालमा रहेको छ। यो निर्माण भएपछि दक्षिण एशियातिर खुला हुने झ्याल दृश्यावलोकन क्षेत्रको रुपमा हुनेछ। साथै पर्यटन सेवा गुणस्तर उकास्न तिब्बतले गत फेब्रुअरी एक तारिखदेखि नयाँ सेवा नियम औपचारिक रुपमा चालेको छ। यसबाट तिब्बतको पर्यटन सेवा प्रणालीको बाटोमा आएको अर्थ लागेको छ।

केही वर्षयता तिब्बतमा आएका विदेशी पर्यटकको संख्या बढ्दैआएको छ साथै विदेशी पर्यटक स्रोत पनि स्थिर रहेको छ। तिब्बत भ्रमण गर्नेमा युरोप र अमेरिकी पर्यटकको संख्या सत्तरी प्रतिशत पुगेका छ।