चीनको नयाँ युग र नेपालको अवको सपना
2017-12-14 15:24:23CRI
Share with:

चीनको नयाँ युग र नेपालको अवको सपना

नेपालमा निर्वाचन हुनु ठिक अघि छिमेकी चीनले १९औं महाधिवेशनबाट नयाँ युगको शुरूवात गरेको छ। राष्ट्रपति सी चिन फिङको एक दशकको भावना समेटेको ३२ हजार अक्षरको कार्यप्रतिवेदनले ७० पटक प्रतिनिधिहरूको ताली खायो। चिनियाँ विशेषतायुक्त समाजवादले नयाँ युगको ढोका खोलेको प्रतिवेदनमा उल्लेख छ।

विश्वका १० भाषामा अनुदित प्रतिवेदनमा विदेशी अनुवादकहरूले उनीहरूको भाषामा सर्वाधिक दोहोर्याएको शब्द हो 'पावरफुल' अर्थात् 'शक्तिशाली'। महाधिवेशनको पहिलो पूर्णसत्रबाट पुनः महासचिवमा निर्वाचित भएपछि सीले दोश्रो कार्यकालको प्रारूप प्रस्तुत गरे। संचारमाध्यम तथा पर्यवेक्षकहरूले देश विदेशबाट भने, 'सी नै उपयुक्त नेता हुन् जसले सुधारोन्मुख चीनलाई विशाल अत्याधुनिक मुलुकमा रूपान्तरण गर्दैछन्।'

अबको पाँच वर्ष अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको १९-२०औं महाधिवेशनको अन्तरालमा शताब्दी लक्ष्य समेट्ने समयसीमा हो। सीले प्रतिवद्धता गरेका छन्- 'पहिलो शताब्दी लक्ष्य पूरा गर्नुपर्छ र दोश्रो शताब्दी लक्ष्यका लागि यात्रा थाल्नुपर्छ। पार्टीभित्र जहिले पनि जवान आत्मा हुनुपर्छ, जनसेवकको भावना हुनुपर्छ, समयभन्दा अगाडि हुनुपर्छ र राष्ट्रको मेरूदण्ड बन्न सक्नुपर्छ।'

चीनको नयाँ युग र नेपालको अवको सपना

सीमा परिस्थितिलाई परिणाममुखी बनाउने हैसियत छ। पाँच वर्षअघि १८औं महाधिवेशनमा सीपीसी केन्द्रिय कमिटि, पोलिटव्यूरो सदस्यको हैसियतमा मिडिया सामु प्रस्तुत हुँदा सी एक पार्टी प्रमुख थिए। केही मिनेटपछि नै संसारकै ठूलो जनसंख्या भएको देशको नेतृत्व गरेर दशक लामो मुद्धा प्रस्तुत गरे..... लेखको बाँकी अंश तलको लिंकमा पढ्नुहोस्।

https://nepalkhabar.com/np/news/opinion/27902/