सन् २०१८ नेपाल-चीन सहकार्यको महत्वपूर्ण वर्ष
2018-03-16 19:59:59CRI
Share with:

सन् २०१८ नेपाल-चीन सहकार्यको महत्वपूर्ण वर्ष

चीनको राजधानी बेइजिङमा विश्वव्यापी ध्यानाकर्षक दुई ठूला अधिवेशनहरू जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ जनकांग्रेस (एनपीसी) प्रति विश्वका धेरै मुलुकहरूले आ-आफ्नै स्वार्थको आँखाले हेरिरहेका छन्। निकटको छिमेकी भएको नाताले आफ्नो फाइदा के हुनसक्छ भनेर नेपालले पनि सोच्नु अन्यथा होइन। मुख्यतः चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)लाई कुन रफ्तारले अघि बढाउँछ र उसका सीमावर्ती मुलुकहरूप्रति कस्तो पद्धति अपनाएर उत्प्रेरित गर्छ भन्ने चासो हो।

मार्चमा चीनका दुई ठूला अधिवेशन चल्दै गर्दा नेपालको राजनीतिक संक्रमणपछि पनि अन्त्य भैसकेको अवस्था छ। चीनले सन् २०१८ लाई चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले अंगिकार गरेका नीतिहरूको कार्यान्वयनको 'प्रारम्भ वर्ष' र खुलापनको ४०औं वर्षगाँठको रूपमा मनाउँदैछ।

गत वर्ष अर्थात् सन् २०१७ मा नेपालले चीनको बेल्ट एण्ड रोड इनिसियटिभको समझदारी पत्रमा हस्ताक्षर गरेको थियो भने चीनबाट ठूलो लगानीको प्रतिवद्धता पनि पाएको थियो। यसै वर्षदेखि दुवै देश कार्यान्वयनमा उत्रिने हो भने दुवै देशको महत्वाकांक्षाले मूर्तरूप लिनसक्ने छ।

नेपालले सम्पूर्ण राजनीतिक गतिरोध सिध्याएर संघीयता समेत कार्यान्वयन गरेको यो सुवर्ण अवसर हो। त्यसमाथि वाम गठवन्धनको नयाँ सरकारलाई 'चीनमैत्री'को संज्ञा दिने गरिएको छ। आपसी विकासको 'केमेस्ट्री' पनि मिल्नसक्ने प्रचुर संभावनाहरू देखिन्छन्।

नेपालमा चिनियाँ प्रभाव सुधारिँदै गएको छ। यसै मौकामा चीनले पूर्वाधार निर्माण, रेल पारवहन, बाटोघाटो, विद्युतीय प्रसारण लाइन, कृषि विकास, व्यापार सहयोगमा साथ दिनसक्छ। त्यति मात्रै नभएर नेपाली उत्पादनका लागि चिनियाँ बजारले उपयुक्त वातावरण सिर्जना गर्नसक्छ। चिनियाँ लगानीले नेपालमा उत्पादकत्व बढाउने काममा हात हाल्नसक्छ। हाल नेपाल-चीन व्यापार घाटा पनि उच्च भएका बेला चीनको खुला बजारको नीतिबाट नेपालले फाइदा लिनसक्छ। चीन यतिखेर विश्व अर्थतन्त्रको धुरीमा पुगिसकेकाले बेइजिङमा चलिरहेका अधिवेशनले दूरगामी र अनुकूल निर्णय गर्नेछन् नै। तर यसको फाइदा नेपालजस्ता मुलुकले कसरी र कस्तो अवस्थाबाट लिनसक्छन् भन्ने मात्रै हो।

विस्तृत तलको लिंकमा हेर्न सक्नुहुनेछ,

https://nepalkhabar.com/np/news/opinion/33543/