खुलापन र सुधारमा चीनको ४० वर्षको चमत्कार सम्बन्धी प्रदर्शनी
2018-12-19 10:41:51CRI
Share with:

 

खुलापन र सुधारमा चीनको ४० वर्षको चमत्कार सम्बन्धी प्रदर्शनी

संसारको सबैभन्दा ठूलो चीनको 'राष्ट्रिय संग्रहालय'मा खुलापन तथा सुधारको ४०औं वर्षगाँठको उपलब्धी देखाइएको छ। चिनियाँ खुलापनको उपलब्धी देखाइँदै गरेको नोभेम्बर १९ तारिखको त्यो बिहानीमा चीनले सफलताका साथ बयालीसौं र त्रिचालीसौं पै तौ नेभिगेसन उपग्रहको प्रक्षेपण गरेको थियो। सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट झिस्मिसेमै छाङ चङ तीन नम्बर पारवहन रकेटबाट एकै पटक दुईवटा नेभिगेसन उपग्रहको सफल प्रक्षेपण भएको त्यो क्षण चिनियाँ वैज्ञानिक उपलब्धीको एउटा सिलसिला मात्रै थियो।

चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास, चीनका प्राविधिक आविष्कारहरू, सुन्दर वास्तुकलाका नमूनाहरू, तीव्र गतिका रेलवे, अन्तरिक्ष रकेटहरू, अन्तरिक्ष प्रयोगशाला, थ्यानकुङ-२, स्याउलोङ मानवयुक्त पनडुब्बी, ऐतिहासिक तस्वीरहरू, दस्तावेजका संग्रहहरूले भरिएका छन्, जसबाट कुनै पनि विदेशीलाई छोटो समयमै चिनियाँ उपलब्धी केलाउन सहयोगी हुन्छ। प्रदर्शनीको ध्येय खुलापन र सुधार लागू भएको ४ दशमा चीनले हासिल गरेको उपलब्धी उजार गर्नु नै हो।

मानिसहरूले जिब्रो टोकेर भन्न सक्छन्, चीनले ४० वर्षको खुलापन तथा सुधारको नीति अपनाए यता विश्वपरिचित विकासको उपलब्धी हासिल गरेको छ। उनीहरू चीनको विकासप्रति पूर्णतया विश्वस्त देखिन्छन्। चमत्कार गरेको छ चीनले। विभिन्न मुलुकले चीनको खुलापन र विकासको शैलीबाट धेरै अनुभव लिन सक्छन्। चीनको खुलापन र सुधार वास्तवमै रणनीतिक महत्वको औजार बनेर रह्यो जसबाट चीनले अथाह आत्मविश्वास बढाउँदै लग्यो। हेरौं लक्ष्मी लम्सालद्वारा खिचिएका प्रदर्शनीका फोटोहरूः