सुँगुर वर्षको आगमनसँगै झिलिमिली बन्दै चिनियाँ बजार
2019-01-11 10:44:04CRI
Share with:

सुँगुर वर्षको आगमनसँगै झिलिमिली बन्दै चिनियाँ बजार

धेरै चिनियाँहरूलाई नै थाहा छैन कि, परम्परागत पात्रो अनुसार यस वर्षदेखि ४ हजार ७१७ साल शुरू हुँदैछ। अङ्ग्रेजी पात्रो अनुसार सन् २०१९ को फेब्रुअरी ५ तारिखदेखि चिनियाँ नयाँ वर्ष सुरू हुँदैछ।

परम्परागत चिनियाँ पात्रो अनुसार जनवरी वा फेब्रुअरी महिनातिर पर्ने वसन्त चाडसँगै अब कुकुर वर्ष सकिएर सुँगुर वर्ष लाग्दैछ। वसन्त पर्व चिनियाँहरूका जीवनमा नयाँ बहार ल्याउने प्रस्थान विन्दु मात्रै नभएर समृद्धिको शुरूवात पनि हो। प्रत्येक १२ राशीचक्रमध्ये जुन वर्ष जुन प्रतिनिधि जनावरहरू पर्दछन्, ती जनावर सम्बन्धित अनेकन वस्तुहरूको व्यापार विनिमयले पनि बजारमा चहलपहल ल्याउँछ।

सुँगुर वर्ष भएकाले सुँगुर अंकित हुलाक टिकट, माटो वा कपडाबाट बनिएका हस्तकलाका सामग्रीहरू, कागजका टुक्राबाट बनिएका स्टिकरहरू तथा खेलौनाहरूले विश्वभरिको बजार टेक्नेछन्। त्यसका लागि चिनियाँ बजार, सपिङ मलहरूमा सुँगुर आकृतिका लकेटहरू, रोबोटहरू, अनेकन् शो केसहरू, पुतलीहरू बजारमा देखिन थालेका छन्। लक्ष्मी लम्सालले खिच्नुभएका केही तस्वीरहरू