गरिबी निवारणका लागि कारखाना, किसानको आम्दानी बढ्यो
2019-05-23 10:59:54CRI
Share with:

गरिबी निवारणका लागि कारखाना, किसानको आम्दानी बढ्यो

निङ स्याको थुङ सिन जिल्लाको हान थ्येन लिङ गाउँ पहाडी क्षेत्रमा पर्दछ। त्यहाँ पर्यावारणीय वातावरण राम्रो छैन साथै आधारभूत प्रबन्ध पनि कमजोर छ। स्थानीय सरकारले पशुपालनको सक्रियताका साथ विकास गर्नुका साथै गरिबी निवारणका लागि कारखाना स्थापना गरेको छ। सन् २०१७ मा हान थ्येन लिङ गाउँमा स्थापित कारखानाबाट गरिब वासिन्दालाई घर नजिकैको क्षेत्रमा रोजगारको अवसर मिलेको छ। हाल उक्त कारखानामा काम गर्ने वासिन्दाको प्रति व्यक्ति प्रति महिनाको आम्दानी दुई हजार पाँच सय चिनियाँ युआन बराबर छ।