स्वास्थ्य सेवा कार्यक्रम तिब्बतमा
2019-05-27 14:35:06CRI
Share with:

स्वास्थ्य सेवा कार्यक्रम तिब्बतमा

नयाँ चीन स्थापना भएको 70औं वार्षिकोत्सव र तिब्बतमा प्रजातान्त्रिक सुधार भएको 60औं वार्षिकोत्सवको उपलक्ष्यमा पैचिङका सयौं अस्पतालका लगभग तीन सय जना स्वयम् सेवी चिकित्सकहरू 26 तारिख ल्हासामा भेला भएर सार्वजनिक सेवाका गतिविधिहरू सुरू गरेका छन्। तिनीहरूले स्थानीय किसान तथा पशुपालकलार्इ विविध किसिमको स्वास्थ्य र सहयोग कार्यक्रम गर्नेछन्।

स्वास्थ्य सेवा कार्यक्रम तिब्बतमा

26 तारिख बिहान आयोजित उद्घाटन समारोहमा स्वयम सेवकहरू छ टोलीमा विभाजित भएर ल्हासा, सिगाचे, लिन्चि लगायत शहर र जिल्लामा गएर सात दिने घुम्तीका साथ चिकित्सा सेवा दिनेछन्।

स्वास्थ्य सेवा कार्यक्रम तिब्बतमा

सोही दिन दिउँसो पैचिङ विश्वविद्यालय अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकद्वारा गठित स्वयम सेवक टोलीले सिगाचे शहरीय रेनबु जिल्लास्थित छ्याङछिङ गुम्वामा स्वयम सेवा चिकित्सा गरेको छ। गुम्बामा लगभग 70 जना भिक्षुहरूले निःशूल्क चिकित्सा र औषधी सेवा पाएका छन्।

स्वास्थ्य सेवा कार्यक्रम तिब्बतमा

प्राप्त जानकारीअनुसार, दश वर्षमा उक्त सार्वजनिक कल्याण गतिविधिहरूले करिब 22 हजार विज्ञान तथा प्रोफेसर बोलाएर विभिन्न जातीका 5 लाख 14 हजार जना सर्वसाधारणका लागि चिकित्सा सहयोग दिएको छ।