चीन र अमेरिकाका दुई सञ्चालिका बीच "समुद्रपार संवार्ता"
2019-05-30 10:46:35CRI
Share with:

चीन र अमेरिकाका दुई सञ्चालिका बीच "समुद्रपार संवार्ता"

पैचिङ समय अनुसार आज मै ३० बिहान ८ बजेर २६ मिनेट जाँदा सबैको ध्यानाकर्षणको विषय अर्थात् "समुद्रपार संवार्ता" औपचारिक रुपमा शुरु भएको छ।

चाइना मिडिया ग्रुप अन्तर्गत चाइना ग्लोबल टेलिभिजन नेटवर्क अर्थात् सीजीटीएनका सञ्चालिका लिउ सिन र अमेरिकी फोक्स वाणीज्य नेटवर्कका सञ्चालिका ट्रिश रेगानबीच चीन र अमेरिकाबीचको अन्तर्विरोध लगायतका विषयबारे प्रत्यक्ष रुपमा समुद्रपार संवार्ता भएको छ।

चीन र अमेरिकाका दुई सञ्चालिका बीच "समुद्रपार संवार्ता"

चीन-अमेरिका व्यापारिक सम्झौता-वार्ताबारे चर्चा गर्दै चिनियाँ सञ्चालिका लिउले चीन सरकारले स्पष्टसँग सैद्धान्तिक अडानलाई प्रकाश पारिसकेको जानकारी दिनुभयो।

बौद्धिक सम्पदा अधिकारबारे चर्चा गर्दै सञ्चालिका लिउले चीन र अमेरिकाले एकले अर्कोलाई फाइदा दिनसक्ने धारणा व्यक्त गर्नुभयो।

चीनको विकासबारे चर्चा गर्दै सञ्चालिका लिउले सशक्त भन्ने शब्दलाई व्याख्या गर्नु निकै महत्वपूर्ण रहेको पनि औँल्याउनुभयो।

पैचिङ समय अनुसार मै ३० बिहान ८ बजेर ४३ मिनेट जाँदा उक्त संवार्ता सम्पन्न भएको छ।