माया नै हार खान नदिने शक्ति
2019-06-01 14:39:55CRI
Share with:

माया नै हार खान नदिने शक्ति

सन् 1996 च्या हुङ थाउ र हान हुङ स्याउको विवाह भयो र सन् 1998 मा उनीहरूको बच्चा जन्मिएर एक परिवारले सुखमय जीवन बिताएका थिए। तर सन् 2006 यातायात दुर्घटनाका कारण श्रीमान च्या हुङ थाउको सम्पूर्ण शरीर पक्षाघात भयो। श्रीमानको हेरचाह र बच्चा हुर्काउने जिम्मेवारी श्रीमती हान हुङ स्याउले वहन गर्नुपर्ने भयो।

माया नै हार खान नदिने शक्ति

खाना खुवाउने, शरीर सफा गर्ने, मसाज गर्ने, गफ गर्ने......13 वर्षयता श्रीमती हान हुङ स्याउको राम्रो हेरचाहमा श्रीमान च्या हुङ थाउको स्वास्थ्य झन् झन् राम्रो हुँदैगयो।

माया नै हार खान नदिने शक्ति

श्रीमान च्या हुङ थाउ बायाँ हातले लेख्न अभ्यास गर्छन्। त्यसैले उनले श्रीमतीलार्इ यस्तो विषय लेखे- अर्को जीवनमा तिमीसँग फेरि विहे गरेर यस जीवनको माया तिमीलार्इ प्रतिफलको रूपमा दिने आशा गर्छु।

माया नै हार खान नदिने शक्ति

हाल श्रीमान च्या हुङ थाउको स्वास्थ्य अवस्था स्थिर हुनुका साथै श्रीमती हान हुङ स्याउ पनि बजारमा विक्रेताको कार्य गर्छिन्। सन् 2016 मा यो परिवार गरिबीबाट मुक्त भयो। श्रीमती हान हुङ स्याउले वास्तविक गतिविधिद्वारा मायाले नै हार खान नदिने अर्थ देखाएकी छन्।

माया नै हार खान नदिने शक्ति