भारतको बिहारमा इन्साइफलाइटिसबाट १०० जना बाल-बालिकाको मृत्यु
2019-06-18 16:48:00CRI
Share with:

भारतको बिहारमा इन्साइफलाइटिसबाट १०० जना बाल-बालिकाको मृत्यु

भारतीय संचारमाध्यमले जुन १७ तारिख जनाए अनुसार, भारतको उत्तर पूर्वी भागमा पर्ने बिहार प्रदेशमा इन्साइफलाइटिस रोग फैलिएको छ। जुन महिनाको शुरूदेखि यस रोगबाट मृत्यु भएका बाल-बालिकाको संख्या १०० पुगिसकेको छ। इन्साइफलाइटिस रोग नियन्त्रण गर्न सबै किसिमको कदम चाल्नुपर्ने आग्रह स्थानीय सरकारले स्वस्थ्य विभागसँग गरेको छ।