सङ्ग्रहालयमा कान्छी गाइड
2019-08-13 08:42:44CRI
Share with:

सङ्ग्रहालयमा कान्छी गाइड

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरूमुछी शहरको नं. ५९ प्राथमिक स्कूलको कक्षा एकमा पढ्ने विद्यार्थी वन यीयाङले ग्रीष्म बिदामा सिन्च्याङ सङ्ग्रहालयमा स्वयमसेवकको रूपमा गाइडको भूमिका निभाइरहेकी छे। हरेक हप्ता २ पटक गरी सङ्ग्रहालयमा गएर बिहानभरीको समयमा ३/४ पटक गरी दर्शकहरूलाई सङ्ग्रहालयबारे जानकारी दिने गर्छे। 'गाइडको काम गरेपछि मैले धेरै ज्ञान सिकेको छु र धेरै दर्शकहरूले मैले दिने जानकारी मन परेको बताएको सुनेर मलाई अत्यन्तै खुशी लाग्छ' केटी वन यीयाङले भनी।

वास्तवमा सन् २०१२ देखि सिन्च्याङ सङ्ग्रहालयमा कान्छी गाइड कार्यक्रम संचालन भइरहेको छ र हरेक ग्रीष्म/हिउँदे बिदामा केटाकेटीहरूले सक्रियताका साथ कान्छा गाइडको लागि दर्ता गर्ने गर्छन्। यसै ग्रीष्म बिदामा सङ्ग्रहालयमा जम्मा गरी ६-११ वर्षसम्मका ६० जना कान्छा गाइडहरूले दर्शकहरूका लागि जानकारी दिइरहेका छन्। ती कान्छा गाइडहरू २५० जना स्थानीय केटाकेटीहरूको माझबाट छनौट गरिएका हुन्।