भारतीय सुधार तथा खुलापनको अनुभवी व्यक्ति चाङ च्येन कोको कथा
2019-10-02 14:06:20CRI
Share with:

भारतीय सुधार तथा खुलापनको अनुभवी व्यक्ति चाङ च्येन कोको कथा

नयाँ चीन स्थापना भएको ७०औँ वार्षिकोत्सवमा हामीले आजको नियमित चिनारी कार्यक्रममा त्यससम्बन्धी विशेष कार्यक्रम प्रस्तुत गर्नेछौं। सन् १९४९ मा जन गणतन्त्र चीन स्थापना भएपछि चीनमा धेरै जनाको नाम च्येन को राखिएको छ जसको अर्थ देश स्थापना हो।

भारतीय सुधार तथा खुलापनको अनुभवी व्यक्ति चाङ च्येन कोको कथा

चाङ च्येन को हु नान प्रान्तीय ह्वी जिल्लाका बासिन्दा हुन्। ३८ वर्षीय चाङ भारतमा १२ वर्षअघिदेखि बस्दैआएका छन्। हाल उनी काहान अन्तर्राष्ट्रिय रसद सेवा कम्पनीका संस्थापक र मार्केटिङ निर्देशक हुन्। सो कम्पनीको मुख्यालय क्वाङ चौ र मुम्बईमा छ र यस संस्थामा बीस जनाभन्दा बढी चिनियाँ कर्मचारी र दशभन्दा बढी भारतीय कर्मचारी छन्।

भारतीय सुधार तथा खुलापनको अनुभवी व्यक्ति चाङ च्येन कोको कथा

चाङ च्येन कोको परिवार निकै गरिब थियो त्यसैले उनले साह्रै मेहनत गरेर अध्ययन गरेका थिए र ज्ञानबाट भाग्य परिवर्तन गर्न खोजेका थिए। उनी सिँह पहाड गाउँको पहिलो विश्वविद्यालयमा भर्ना भइ स्नातक उत्तीर्ण गरेपछि शन चन सहरमा गएर एक कम्पनीमा काम गर्न थालेका थिए। त्यहाँ उनले ढुङ्गे सामग्रीको बिक्रीको जिम्मा लिएकोले चाङ च्येन कोलाई विस्तारै विश्वको सबैभन्दा ठूलो हीरा प्रशोधन केन्द्र तथा महत्वपूर्ण ढुङ्गे सामग्री निर्यात मुलुकको रूपमा रहेको भारतबीचको कथा बुझ्ने अवसर पाएको थियो।

भारतीय सुधार तथा खुलापनको अनुभवी व्यक्ति चाङ च्येन कोको कथा

बाह्र वर्षयता चाङ च्येन को भारतका धेरै ठाउँमा पुगेका छन् र भारतको विकासको अनुभवी व्यक्ति बनेका छन्। उनको विचारमा भारतको ठूलो विकास भारतीय सरकारले चीनबाट सिकेर सुधार तथा खुलापन गरी आर्थिक विशेष क्षेत्रको स्थापना गरेर भएको हो। साथै मेड इन चाइनाको लागत वृद्धि भएपछि भारतको जनसंख्याको हिसाबले मेड इन इन्डियाको विकासलाई पनि मौका प्रदान गरेको छ। चाङ च्येन कोलाई लाग्छ आजको भारत र गत शताब्दीको असीऔँ दशकको चीन उस्तै छ। किनभने यहाँ निकै धेरै व्यापारिक मौका छ र चिनियाँ लगानीकर्ताले यस्तो मौका छोड्न नहुने उनको भनाइ छ। उनले भने

भारतमा १.३ अर्बको जनसंख्या छ देशको चाहना पनि त्यत्रो छ। यदि उच्च-स्तरीय व्यापार गर्नका लागि भारत उपयुक्त छ। भारतमा लगभग बीस करोड धनी मान्छे छन् तर अमेरिकाको कूल जनसंख्या तीस करोडभन्दा केही धेरै मात्र छ। साथै भारतमा सत्तरी करोडभन्दा बढी युवाशक्ति छन् र उनीहरूको क्रय शक्तिको वृद्धि निकै बलियो छ। त्यसैले यहाँको व्यापारिक मौका निकै धेरै छन्। भारत हेर्न लायक छ।

भारतीय सुधार तथा खुलापनको अनुभवी व्यक्ति चाङ च्येन कोको कथा

त्यसैले सन् २०१८ चाङ च्येन कोले हीरा ढुङ्गे सामग्री बिक्री कार्य छोडेर सहकारीसँग काहान अन्तर्राष्ट्रिय रसद सेवा कम्पनी खोलेका छन्। आफ्नो परिवार र उमेरबारे विचार गरेपछि चाङ च्येन कोले भारतमा अरू पाँच छ वर्ष बसेर व्यापार गरेर घर फर्कने निर्णय गरेका थिए। उनको योजनाका अनुसार, बीस लाख चिनियाँ युआन लिएर कृषि उत्पादन प्रशोधन, होमस्टे, ऊर्जा बचत स्टोभको विकासलगायत क्षेत्रमा कोशिश गर्नेछ जसबाट बाहिर काम गरेका युवालाई आकर्षित गरेर गरिब गाउँको विकास गर्न सहकार्य गर्नेछ।

भारतीय सुधार तथा खुलापनको अनुभवी व्यक्ति चाङ च्येन कोको कथा

नयाँ चीन स्थापना भएको ७०औँ वार्षिकोत्सवमा चाङ च्येन कोलाई निकै गौरव लागेको छ। उनले भने

मातृभूमि अझै राम्रो हुने अनि हामी सर्वसाधारणको जीवन पनि अझ राम्रो हुने मेरो आशा छ। इतिहासदेखि नै चीन र भारत दाजु-भाइ हुन्। एकआपसलाई सहयोग गर्नुपर्छ। सानो घर्षण त हुन्छ नि। जिब्रो र दाँतबीच, अनि ओठबीच। तर सदा असल छिमेकी रहने छ । दुइटै प्राचीन सभ्यता बोकेका मुलुक हुन् त्यसैले हामी अरू सहयोग गरौँ अनि सँगै विकास गरौँ।