गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा संलग्न चिनियाँ नी चेन को
2019-10-04 14:04:51CRI
Share with:

सन् १९४९ अक्टोबर एक तारिखका दिन जन गणतन्त्र चीनको स्थापना भएपछि युगको परिवर्तनसँगै मानिसको नाममा पनि परिवर्तन आएको छ। जस्तै भनौं केही मानिसको नाम "चेन को" अर्थात् नेपाली भाषामा देशको निर्माण, "चेन व्हा" अर्थात् नेपाली भाषामा जन गणतन्त्र चीनको स्थापना, "च्ये फाङ" अर्थात् नेपाली भाषामा मुक्ति भन्ने रहेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा संलग्न चिनियाँ नी चेन को

सन् २०१५ जनवरी पन्ध्र तारिख गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शुरु भएयता नी चेन को र उहाँका चिनियाँ सहकर्मीहरूसँग नेपालको भयङ्कर भूकम्प, कच्चा पदार्थको अभाव, विजुली आपूर्तिको अभावआदि कठिनाइको सामना गर्नुभयो। चीन र नेपालको प्राविधिक मापदण्ड फरक भएका कारण दुई पक्षबीच विवाद भयो। अन्त्यमा उत्कृष्ट प्रविधि र दायित्वपूर्ण धारणामा निर्भर भएर चिनियाँ कम्पनीलाई नेपाली मित्रद्वारा सम्मान गरिएको छ। यो परियोजनाका महाप्रबन्धक स्यू पाइ यिङ भन्नुहुन्छ "यो परियोजनाको निर्माण पूरा भएपछि मेरो केही विचार छ। पहिलो नेपालको विमानस्थलको निर्माणको प्राविधिक मापदण्ड निश्चित गरिएको छ। विमानस्थलको निर्माण मापदण्ड पहिलो पटक चिनियाँ उद्योग-व्यवसायद्वारा प्रचार-प्रसार गरिएको हो। मेरो विचारमा यो सबैभन्दा सफल कुरा हो। दोस्रो, हामीले स्थानीय क्षेत्रका लागि योगदान दिएका छौं। पाँच वर्षमा हामीले हरेक वर्ष तीन सय वटा रोजगारीका अवसर उपलब्ध गराएका छौं। हामीले स्थानीय क्षेत्रका लागि आर्थिक फाइदा उपलब्ध गराएका छौं।"

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा संलग्न चिनियाँ नी चेन को

चिनियाँ कम्पनीले नेपालमा स्थानीय क्षेत्रका लागि धेरै प्राविधिक व्यक्तिलाई तालिम दिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत परियोजनाका इलेक्ट्रिकल ईन्जिनियर सुङ च्युन भन्नुहुन्छ "सर्वेक्षण, उपकरणको प्रयोग क्षेत्रमा हामीले नेपाली वरिष्ठ व्यक्ति प्रशिक्षित गरेका छौं। केही नेपाली वरिष्ठ व्यक्तिहरूले चीनको उपकरण र साधनको स्वयं प्रयोग गर्नसकेका छन्। उनीहरू सिपालु भए। नेपाल सरकार यसप्रति सन्तुष्ट छ।"

काम गर्दा नी चेन कोले चिनियाँ र नेपाली मजदूरहरूका लागि गम्भीरताका साथ आग्रह गर्नुभएको छ। तर उहाँले खास गरी नेपाली मजदूरको जीवनमाथि नजर पुर्‍याउनुभएको छ। नी चेन कोसँग नेपालमा चार वर्षसम्म काम गर्ने सहकर्मी हु एन पिङ भन्नुहुन्छ "नी चेन को एकजना राम्रा मान्छे हुनुहुन्छ। मैले निर्माण स्थलमा सुनेको, नी चेन कोले अप्ठ्यारोमा परेका नेपालीहरूलाई मद्दत दिनुभएको छ। नीले अप्ठ्यारोमा परेका नेपालीलाई चामल र अरु खाद्य पदार्थ वितरण गर्नुभएको छ।"

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा संलग्न चिनियाँ नी चेन को

नी चेन कोले जन्मथलोको सानो गाउँ छोड्नुभएको धेरै वर्ष भइसक्यो। तर उहाँले जन्मथलोको विकासमा सधैं नै ध्यान दिनुभएको छ। उहाँ भन्नुहुन्छ "मैले राम्रो समयसँग भेट गरें। म केही मुलुकहरू गएँ। म नी च्या कौ गाउँबाट विदेशतर्फ गएको पहिलो अन्तर्राष्ट्रिय मान्छे हुँ। च छाङ जिल्लाको सँस्कृति तथा पर्यटनको विकासबारे एक योजना बनाउने इच्छा छ। यो योजना पूरा हुनसक्ने कि नसक्ने मलाई थाहा छैन। तर मैले सक्दो प्रयास गर्ने छु।"