चाइना मिडिया ग्रुपको "भेट,चीन र भारत" शीर्षकको इन्टर्नेट सेलिब्रेटी आदान-प्रदान कार्यक्रम र पुरस्कार वितरण समारोह चेन्नइमा आयोजित
2019-10-11 14:15:56CRI
Share with:

चाइना मिडिया ग्रुपको "भेट,चीन र भारत" शीर्षकको इन्टर्नेट सेलिब्रेटी आदान-प्रदान कार्यक्रम र पुरस्कार वितरण समारोह चेन्नइमा आयोजित

दश तारिख बिहान चाइना मिडिया ग्रुपअन्तर्गत एशियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्रले प्रस्तुत गरेको "भेट, चीन र भारत"शीर्षकको इन्टर्नेट सेलिब्रेटीको अनलाइन र अफलाइन आदान-प्रदान कार्यक्रम तथा पुरस्कार वितरण समारोह भारतको तालिम नाडु प्रदेशको सदुरमुकाम चेन्नइमा आयोजना भएको छ।

चाइना मिडिया ग्रुपअन्तर्गत एशियाली तथा अफ्रिकी भाषा कार्यक्रम केन्द्रका दक्षिण एशिया शाखाका जिम्मेवार व्यक्ति सुन चिङ लीले सम्बोधन गर्दै चीन र भारतका नेताहरूको दोस्रो अनौपचारिक भेटवार्ता चेन्नाइमा आयोजना हुनेभएको र यहाँ इन्टर्नेट सेलिब्रेटी आदान-प्रदान कार्यक्रमको आयोजना गर्न पाएकोमा गौरव लागेको बताउनुभयो।