#आँखीझ्याल# चीनको सबैभन्दा ठूलो अन्नबाली भण्डारको रुपमा रहेको है लुङ च्याङ प्रान्तको उच्च गुणस्तरीय विकास बाटो
2019-10-18 08:52:26CRI
Share with:

#आँखीझ्याल# चीनको सबैभन्दा ठूलो अन्नबाली भण्डारको रुपमा रहेको है लुङ च्याङ प्रान्तको उच्च गुणस्तरीय विकास बाटो

नयाँ चीनको स्थापना भएदेखि सत्तरी‌ वर्षयता उत्तर-पूर्वमा पर्ने है लुङ च्याङ प्रान्त "उत्तर भागको उजाड स्थान"बाट "उत्तर भागको अन्नबाली भण्डार" बनेको छ, "ठूलो उजाड स्थान"बाट "ठूलो तेल क्षेत्र" बनेको छ। हाल है लुङ च्याङ प्रान्तका जिम्मेवार व्यक्तिले पैचिङमा आयोजित एक कार्यक्रममा है लुङ च्याङ प्रान्तले "बेल्ट एण्ड रोड" र स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको निर्माणको सदुपयोग गरी बाह्य खुलापन सहयोगलाई विसतार गरिरेहको, र उच्च गुणस्तरको विकासको नयाँ बाटोमा हिँडिरहेको बताउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत है लुङ च्याङ प्रान्त समितिका सचिव चाङ छिङ वैले नयाँ चीनको स्थापना भएपछिको सत्तरी वर्षमा है लुङ च्याङ प्रान्तमा ठूलो परिवर्तन आएको भन्दै "उत्तर भागको उजाड स्थान"बाट "उत्तर भागको अन्नबाली भण्डार" बनेको र अन्नबाली उत्पादनमा चीनको पहिलो ठूलो प्रान्त बनिसकेको बताउनुभयो। उहाँकाअनुसार, चीनको नौ कचौराका भातमध्ये एउटा कचौराको भाग है लुङ च्याङ प्रान्तको हो। है लुङ च्याङ प्रान्तले राष्ट्रिय अन्नबाली सुरक्षाको संरक्षण क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। वितग सत्तरी वर्षमा है लुङ च्याङ प्रान्तले चीनलाई २ अर्ब ३९ करोड टनको कच्चा-तेलको उत्पादन गरेको छ। चाङ छिङ वै भन्नुहुन्छ "सत्तरी वर्षको विकास क्रममा है लुङ च्याङ प्रान्तको वैज्ञानिक तथा प्राविधिक क्षमता चीनको सोह्रौं स्थान पुगेको छ। हामीले चीनको आधा रेल र ट्रकको उत्पादन गरेका छौं। "है लुङ च्याङमा निर्मित"ले चीनको आर्थिक निर्माणका लागि ठूलो योगदान दिएको छ।"