गृष्म दरबारमा 'सुन्दर नेपाल' नामक फोटो प्रदर्शनी
2019-10-24 17:17:14CRI
Share with:

 

गृष्म दरबारमा 'सुन्दर नेपाल' नामक फोटो प्रदर्शनी

आज बिहिबार पैचिङको यूनेस्को सम्पदामा सुचीकृत गृष्म दरबारमा सुन्दर नेपाल नामक फोटो प्रदर्शनीको उद्घाटन कार्यक्रम आयोजित भयो। दुई हप्तासम्म चल्ने उक्त प्रदर्शनीमा नेपालका विशेषता झल्किने ६० वटा फोटोहरू राखिएका छन्। जुन गृष्म प्रसादभित्रको तालको किनारामा सजाइएका छन्।

कार्यक्रममा विदेशी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धका लागि पैचिङ जनसंघका उपाध्यक्ष सु पानसङ, नेपाली दूतावासका तर्फबाट कूटनीतिक नियोग उपप्रमुख सुशील कुमार लम्साल र पैचिङ उद्यान व्यवस्थापन केन्द्रका निर्देशक वाङ चोङहुइले नेपाल चीन सम्बन्धमा तथा फोटो प्रदर्शनीको आयोजनाको सम्बन्धमा मन्तव्य राखेका थिए। साथै यी वक्तासहित उल्लेखित संस्थाका पदाधिकारीले संयुक्त रूपमा रिबन काटेर प्रदर्शनीको उद्घाटन गरेका थिए।

आजको उद्घाटन कार्यक्रममा नेपाली विद्यार्थीहरू मनिला कार्की, महीमा गुरूङ र चन्द्र तामाङले नेपाली नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा चिनियाँ, विदेशी कूटनीतिज्ञ तथा चीनमा पढ्दै बस्दैआएका नेपालीहरूको उपस्थिति थियो।

पैचिङस्थित नेपाली दूतावास, विदेशी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धका लागि पैचिङ जनसंघ र पैचिङ उद्यान व्यवस्थापन केन्द्र आयोजक रहेको उक्त प्रदर्शनीमा सहआयोजकको रूपमा गृष्म दरबार प्रशासन कार्यालय र विदेशी मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्धका लागि हाइतिआन जिल्ला जनसंघ रहेका छन्।