#आँखीझ्याल# चीनप्रति पाकिस्तानी दुई पुस्ता विद्वानहरूको भावना
2019-10-25 08:51:06CRI
Share with:

#आँखीझ्याल# चीनप्रति पाकिस्तानी दुई पुस्ता विद्वानहरूको भावना

पाकिस्तानमा एउटा यस्तो परिवार छ, जुन परिवारका बुवा र छोराले चिनियाँ भाषा सरर बोल्नसक्छन्। उनीहरू चीनमा अध्ययनरत् विद्वान हुन्। उनीहरूले चीन र अन्तर्राष्ट्रिय सञ्चार-माध्यममा चीनको विकास र पाकिस्तान र चीनबीचको सहयोगिम्बन्धमा लेख लेखेका छन्। उनीहरू चीनसम्बन्धी मञ्च, सम्मेलन, कार्यक्रममा सक्रियताका साथ सहभागी हुँदैआएका छन्।

चालू वर्ष बुवा जमिर अवान ५७ वर्षका भए। उनी पाकिस्तानी राष्ट्रिय विज्ञान तथा प्रविधि विश्वविद्यालयअन्तर्गत चीन अध्ययन केन्द्रका उप प्रमुख हुन्। सन् १९८० मा उनले चीन सरकारको छात्रवृत्ति पाएर शांगहाई विश्वविद्यालयमा पढ्न आएका थिए। चीन आएपछि उनले पैचिङ भाषा विश्वविद्यालयमा एक वर्षसम्म चिनियाँ भाषा सिकेका थिए र पछि शांगहाई विश्वविद्यालयमा अध्ययन गरेका थिए। जमिर भन्छन् "मैले चीनको शिक्षा ग्रहण गरेको छु। १८ वर्षको उमेरमा म चीन आएँ र २५ वर्ष हुँदा चीन छोडेँ। सात वर्षको सुनौलो समय मैले चीनमा बिताएको छु। उक्त सात वर्षमा मैले चिनियाँसँग सम्पर्क गरेको थिएँ। विचार र चरित्रमा म एक चिनियाँ बनेँ। मेरो अनुहारलाई हेर्दा म एकजना विदेशी हुँ, म पाकिस्तानी हुँ तर तपाईंले मसँग कुराकानी गर्नुभएपछि म एकजना चिनियाँ हो भन्ने महसूस गर्नु हुन्छ।"