#अल्पसंख्यक जाति# क्वी चौ प्रान्तीय पाउ चि म्याउ तथा यी जातीय बस्तीमा कृषि तथा पर्यटनको विकास 1
2019-10-29 15:00:38CRI
Share with:

#अल्पसंख्यक जाति# क्वी चौ प्रान्तीय पाउ चि म्याउ तथा यी जातीय बस्तीमा कृषि तथा पर्यटनको विकास 1

क्वी चौ प्रान्तीय फान चौ शहरीय पाउ चि म्याउ तथा यी जातीय बस्तीको पहाडी क्षेत्रमा लु च्या चाई नामक गाउँ छ। त्यहाँ अल्पसंख्यक जातीय शैलीको घर-आवास, सरल गाउँलेहरूबाहेक पचासभन्दा बढी चिनियाँमा रोङ्शु अर्थात् नीलगिरीका वृक्षहरू छन्। यी नीलगिरीको उमेर कम्तीमा ६ सय वर्ष भइसक्यो। सुन्दर दृश्य र सुखमय जीवनले स्थानीय कृषि तथा पर्यटनद्वारा गरिबी निवारणको उपलब्धि देखाएको छ।

लु च्या चाइ गाउँमा कूल ५ सय ७८ परिवारका १ हजार ९ सय ८४ जना विभिन्न जातीय सर्वसाधारण मेलमिलापका साथ बसोबास गर्दछन्। त्यसमध्ये ३३ प्रतिशत पु यी जातीय हुनुका साथै ५५ प्रतिशत म्याउ जातीयहरू हुन्। पहिला त्यहाँ २ सय ५५ गरिब परिवार थिए। हालसम्म १७ परिवारका ४८ जना गरिब मात्र बाँकी छन्। साथै सन् २०२० सम्म गाउँमा पूरै गाउँले गरिबीबाट मुक्त हुने अनुमान गरिएको छ।

गाउँमा पाहुना आउँदा पु यी जातीय गाउँलेहरूले विशेष गीत र संगीतद्वारा स्वागत गर्छन्।

गीतका साथ संगत गर्ने समुदायमा पु यी जातीय महिला वाङ शङली लगाएको विशेषतायुक्त लुगा ज्यादै आकर्षक छ। गीत बजाएपछि उनले झोलाबाट कपडा निकालेर आशयपूर्वक रूपमा कढ़ाई गर्नथालेकी छिन्। गाउँमा हातद्वारा कढाई, कताई तथा बुनाइ गर्ने परम्परागत प्रविधि कायम राखिएको छ। वाङ शङली स्थानीय प्रसिद्ध कढाईकर्ता हुन्। उनले धेरैपटक क्वी चौ प्रान्तीय महिलाको हस्तकला प्रतियोगितामा भाग लिएकी थिइन्। हाल उनी गाउँको होटेलमा सेविकाको रूपमा कार्यरत छिन्।