"खुला चोकमा चलचित्र प्रदर्शन" कार्यक्रम याङ्गुनमा आयोजित
2019-11-11 10:26:27CRI
Share with:

"खुला चोकमा चलचित्र प्रदर्शन" कार्यक्रम याङ्गुनमा आयोजित

म्यान्मारका लागि चिनियाँ राजदूतावास, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चीन राष्ट्रिय पेट्रोलियम निगम तथा चीन चलचित्र समूहले "खुला चोकमा चलचित्र प्रदर्शन" कार्यक्रमको उद्घाटन समारोह गत सेप्टेम्बर १६ तारिख याङ्गुनमा आयोजना गरेको थियो। म्यान्मारका लागि चिनियाँ राजदूत छन् हाई, याङ्गुन प्रान्तका मुख्य मन्त्री फ्यो मिन टेन लगायतका अतिथिहरु र चीन तथा म्यान्मारका विभिन्न क्षेत्रका मैत्रीपूर्ण व्यक्तिहरु गरी करिब २०० जना व्यक्तिहरु यस उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो।

यस पटकको कार्यक्रममा तीन वटा उत्कृष्ट चिनियाँ चलचित्र छानेर म्यान्मारको भाषामा अनुवाद गरिएको छ। ती चलचित्रहरुलाई चीन-म्यान्मार पेट्रोल पाइपलाइन वारिपारीका क्याउक्प्यु, येनाङयाउङ तथा मानदलै लगायत पाँच क्षेत्रका ग्रामिण क्षेत्रमा निशुल्क रुपमा देखाउने छन्। हरेक स्थलमा तीनदेखि पाँच दिनसम्म चलचित्रको प्रदर्शन गरिनेछ। याङ्गुन प्रान्तका मुख्य मन्त्री फ्यो मिन टेनले यस कार्यक्रमको समर्थन गर्नुका साथै स्वागत गर्नुभयो। उहाँ भन्नुहुन्छ,

म्यान्मारका ग्रामिण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले चिनियाँ चलचित्र हेर्न पाएकामा मलाई खुसी लागेको छ। गाउँमा खुला चोकमा चलचित्र प्रदर्शनबाट गाउँलेहरुले चिनियाँ संस्कृति तथा चीनबारे अरु बढी जानकारी पाउने छन् भने म्यान्मार र चीनका जनता बीचको मित्रतालाई प्रवर्द्धन पारिनेछ। एउटा उद्यमीको रुपमा चीन राष्ट्रिय पेट्रोलियम निगमले सामाजिक जिम्मेवारीको सक्रियताका साथ वहन गरी स्थानीय सांस्कृतिक आदान-प्रदानलाई निरन्तर रुपमा अघि बढाउँदै आएको छ।

चीन-म्यान्मार पेट्रोल पाइपलाइन "बेल्ट एण्ड रोड"को एउटा महत्वपूर्ण परियोजनाको रुपमा त्यसले दीर्घकालीन अवधिदेखि पेट्रोल पाइपलाइन वारिपारीका नागरिक जीवनयापनलाई ध्यान दिनुका साथै म्यान्मारका स्थानीय वासिन्दाहरुसँगको सांस्कृतिक आदान-प्रदानलाई महत्व दिंदै आएको छ। यस पटक चीन राष्ट्रिय पेट्रोलियम निगमले म्यान्मारमा "खुला चोकमा चलचित्र प्रदर्शन"को आयोजना गर्ने उद्देश्य पेट्रोल पाइपलाइन वारिपारीका नागरिकहरुको मनोरञ्जनमा विविधता थप्नुका साथै चीनको उत्कृष्ट चलचित्र संस्कृतिको प्रचार-प्रसार गर्नु नै हो। चीन राष्ट्रिय पेट्रोलियम निगमका उप-मेनेजर स्वी वन रौङ भन्नुहुन्छ,

चीन-म्यान्मार पेट्रोल पाइपलाइनको निर्माणको क्रममा हामीले सांस्कृतिक आदान-प्रदानलाई महत्व दिएर पेट्रोल पाइपलाइन वारिपारीका बासिन्दाहरुसँगका सम्पर्क तथा संवादलाई सबल पारेका छौं। हामीले उक्त क्षेत्रका बासिन्दाहरुको सांस्कृतिक प्रचलनको सम्मान गरी उनीहरुलाई भ्याएसम्म सहायता तथा समर्थन प्रदान गरेका छौं। "खुला चोकमा चलचित्र प्रदर्शन" कार्यक्रमबाट म्यान्मारका अरु बढी नागरिकहरुले चिनियाँ संस्कृतिको अनुभव गर्नसक्ने तथा चीन र म्यान्मारका नागरिकहरु बीचको सांस्कृतिक आदान-प्रदानलाई गहन पार्नसक्ने आशा हामीले राखेका छौं।

प्राप्त जानकारी अनुसार, म्यान्मारका सर्वसाधारणहरू चिनियाँ चलचित्र हेर्न मन पराउँछन्। तथापि याङ्गुन तथा मानदलै लगायत ठूला शहरबाहेक, म्यान्मारका अरु क्षेत्रमा सिनेमा घरको अभाव छ। सन् २०१७ देखि म्यान्मारस्थित चिनियाँ राजदूतावासले निरन्तर दुई वर्षसम्म म्यान्मारका धेरै ठाउँहरुमा चलचित्र महोत्सवको आयोजना गरी अनेकन् उत्कृष्ट चिनियाँ चलचित्र प्रदर्शन गरेका छन्। सन् २०१८ मा चिनियाँ चलचित्र प्रदर्शन कार्यक्रमले म्यान्मारका ग्रामिण क्षेत्रमा प्रवेश गरी निशुल्क रुपमा खुला ठाउँमा म्यान्मारको भाषामा चिनियाँ चलचित्रहरु देखाएका छन्। यसबारे म्यान्मारका लागि चिनियाँ राजदूत छन् हाई भन्नुहुन्छ,

अरु बढी रोचक चिनियाँ चलचित्र म्यान्मारमा प्रदर्शन गर्न हामीले प्रयास गरिरहेका छौं। यसका साथै म्यान्मारका उत्कृष्ट चलचित्रहरु चीनमा देखाउनसक्ने आशा पनि हामीले गरेका छौं। सांस्कृतिक आदान-प्रदानले "बेल्ट एण्ड रोड" तथा चीन-म्यान्मार आर्थिक कोरिडरको निर्माणका लागि जनमतको आधार बसाल्ने विश्वास हामीले गरेका छौं।