सानो गाजरको ठूलो व्यवसाय
2019-11-11 15:18:34CRI
Share with:

सानो गाजरको ठूलो व्यवसाय

ह पै प्रान्तीय युङ छिङ जिल्लाले गाजरको प्रशोधन र बिक्रीको व्यस्त सिजनको स्वागत गरेको छ। स्थानीय व्यापारीहरू चीनभरिका बजारतर्फ गाजरको बिक्रीमा व्यस्त भएका छन्। हाल युङ छिङ जिल्लामा गाजर खेतीको क्षेत्रफल ७० हजार मू अर्थात् ४६६६.६७ हेक्टर पुगेको छ भने वार्षिक उत्पादन २० लाख ६८ हजार टन पुगेको छ। सानो गाजर स्थानीय किसानहरूको गरिबीबाट मुक्त हुने ठूलो व्यवसाय बनेको छ।