भारतीय पत्रिकामा चिनियाँ राजदूतको लेख प्रकाशित
2019-11-12 15:40:49CRI
Share with:

भारतीय पत्रिकामा चिनियाँ राजदूतको लेख प्रकाशित

आदरणीय श्रोता, म अल्पसंख्यक जाति कार्यक्रमकी सञ्चालिका ललिता हुँ। नमस्कार। अल्पसंख्यक जाति कार्यक्रममा हार्दिक स्वागत छ।

भारतका लागि चिनियाँ राजदूत सुन वी तुङले नोभेम्बर ६ तारिख भारतीय प्रमुख पत्रिका हिन्दुस्तान टाइम्समा चीनको तिब्बतको विकास र धार्मिक विश्वासको स्वतन्त्रता शीर्षकमा लेख प्रकाशन गर्नुभएको छ। सो लेखले नयाँ चीन स्थापना भएको ७० वर्ष अनि तिब्बतको प्रजातान्त्रिक सुधार भएको ६० वर्षयता तिब्बतको आर्थिक, सामाजिक आदि क्षेत्रमा भएको ठूलो प्रगतिबारे जानकारी दिने, तिब्बतका विषयमा चीनको सैद्धान्तिक अडानबारे व्याख्या गर्ने र जीवित बुद्धको पुनःजन्म प्रणालीको ऐतिहासिक विकासबारे जानकारी दिएको छ। आजको कार्यक्रममा मैले उक्त लेखको ठोस विषयको बारेमा जानकारी दिनचाहन्छु।

चालू वर्ष जन गणतन्त्र चीन स्थापना भएको ७०औं वार्षिकोत्सव हुनुका साथै तिब्बतमा प्रजातान्त्रिक सुधार भएको ६०औं वार्षिकोत्सव पनि हो। ६० वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको सुदृढ नेतृत्वमा तिब्बतमा ठूलो परिवर्तन भएको छ। राजनीतिमा पछाडि भू-दास प्रथाको नष्ट गरेर समाजवादी परिपाटी र जातीय क्षेत्रको स्वशासन परिपाटीको निश्चित गरेको छ। अर्थतन्त्रमा निरन्तर २६ वर्षमा डबल अंकमा वृद्धि गति कायम राख्यो। सन् २०१८ क्षेत्रीय उत्पादन मात्रा १ खर्ब ४७ अर्ब ७६ करोड चिनियाँ युआन पुगेको छ। ९.१ प्रतिशतको वृद्धि गति चीनमा पहिलो स्थानमा परेको छ। संस्कृतिमा तिब्बती भाषा चीनमा पहिलो अन्तर्राष्ट्रिय मापदण्ड रहेको अल्पसंख्यक जातीय लिपि हुनुका साथै तिब्बती भाषाका पुस्तक र कार्यक्रम प्रशस्त भएको छ। शिक्षामा ७० वर्षअघि बालक भर्ना दर २ प्रतिशतभन्दा कम र युवाको निरक्षर दर ९५ प्रतिशत थियो। सन् २०१८ मा प्रतिव्यक्ति शिक्षा लिने सरदर समय ९.५५ वर्ष पुगेको छ। धर्ममा हाल तिब्बतमा कूल १७०० भन्दा बढी धार्मिक क्षेत्र हुनुका साथै गुम्बामा बस्ने भिक्षु-भिक्षुणीको संख्य ४६ हजार पुगेको छ।